१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम

जाजरकोट भूकम्पः बहिनीको शोक सम्झेर झस्किन्छिन् जुनी

जाजरकोट भूकम्पः बहिनीको शोक सम्झेर झस्किन्छिन् जुनी
अ अ+ अ-

जानकी (बाँके) ।  “मलाई बहिनीले दिदी बचाउनूस् भनिरहिन् । म आफैँ भूकम्पमा पुरिएकी थिएँ । मेरो सास रोकिएको थियो । म बोल्नै र हलचल गर्न सकिरहेकी थिइनँ ।

मैले टुलुटुलु हेर्नुबाहेक केही गर्न सकिनँ । मैले उनलाई बचाउन सकिनँ । मैले बहिनीलाई मेरै कारणले गुमाएँ” भन्दै चित्कारिएको आवाजले मङ्गलबार नेपालगञ्जस्थित भेरी अस्पतालको वार्ड स्तब्ध थियो ।

आफ्नो साथीजस्तै बहिनी गुमाएको पीडामा होस फर्किएदेखि छट्पटाउने गर्नुहुन्छ जाजरकोट भेरी नगरपालिका–१ की जुनी विष्ट । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दुु भएर गएको भूकम्पमा जुनीले बहिनी मात्रै गुमाउनुु भएन, आफैँ पनि घाइते बन्नुभएको छ ।

जुनीको देब्रे हातको नशामा बढी चोट लागेकाले देब्रे हात चल्दैन । खुट्टा उपचार भएको चौथो दिनदेखि बिस्तारै चल्न थालेको छ तर हिँड्डुल गर्न सक्नु हुन्न । उहाँलाई  अहिले शय्याबाट झर्न र चढ्न सहारा दिनुपर्छ । सुतेकै अवस्थामा पनि शय्यामा फर्कनसमेत नसक्ने जुनीलाई बहिनीको शोकले झन् थलाउँदै लगेको छ ।

भूकम्पमा परेर अर्को जीवन पाउनुभएकी १७ वर्षीया जुनी बहिनीलाई बचाउन नसकेकामा आत्मग्लानी भइरहेको छ । शनिबारदेखि भेरी अस्पतालमा उपचाररत जुनीले ‘बहिनी बचाउन सकिनँ’ भन्दै डाँको छाडेर रोइरहनुहुन्छ ।

अस्पतालका मनोसामाजिक परामर्शकर्ता कमला डाँगीका अनुसार जुनी उहाँको रेखदेखमा आउनुभएको आफन्तसँग पनि बोल्नु हुँदैन । “दिनभरि कि सलले मुख छोपेर सुत्नुहुन्छ कि त बहिनी बचाउन नसकेको गुनासो आफैँसँग गर्दै भक्कानिएर रुनुहुन्छ”, उहाँले भन्नुभयो, “जुनीलाई शारीरिक चोटभन्दा बढी बहिनीलाई आँखै अगाडि गुमाउनु पर्दाको मानसिक चोट धेरै छ ।”

जुनीलाई भूकम्प केवल आफ्नो घरमा मात्र आएको र भूकम्पमा बहिनी मात्रै पुरिएको भन्ने लागिरहेको मनोसामाजिक परामर्शकर्ता डाँगीले बताउनुभयो । अस्पतालमा भर्ना भएदेखि आजसम्म तीन चरणमा जुनीसँग कुरा गरिसकेको जनाउँदै उहाँले पहिलो र दोस्रो चरणमा उहाँ बोल्दै नबोलेको र तेस्रो चरण सामान्य चिनाजानमा मात्रै केन्द्रित रहेको बताउनुभयो ।

डाँगीले भन्नुभयो, “कुराकानी गर्न लागेको आज तेस्रो दिनमा मात्रै उहाँले मसँग मनमा गुम्सिएका पीडालाई भक्कानिँदै खोल्नुभयो । उहाँलाई आफूलाई लागेको चोटभन्दा पनि धेरै माया गरेर सँगै हुर्किएकी बहिनीलाई गुमाएकामा लागेको रहेछ ।”

भूकम्प जानुअघि शुक्रबार रातिसँगै खाना खाएर दुई बहिनी एउटै ओछ्यानमा भुइँतलामा सुतेका कुराकानीका क्रममा जुनीले बताउनुभएको डाँगीले उल्लेख गर्नुभयो । सुत्ने बेला शनिबार गाउँमा लागेको मेला हेर्न जाने र मेलामा जाँदा दिदीको नयाँ कुर्तासुरुवाल बहिनीको लगाउने सल्लाह भएकामा बहिनीको त्यो चाहना अधुरै रहेको भन्दै जुनी अस्पतालको शय्यामा भक्कानिने गरेको उहाँले बताउनुभयो ।

“जुनी नबोल्दा कसैसँग पनि बोल्नुहुन्न । उहाँलाई जति नै बोलाए पनि केही जवाफ दिनुहुन्न । तर आफ्नै सुुरमा एकोहोरो बहिनीलाई सम्झिएर डाँको छोडेर रुनुहुन्छ”, मनोसामाजिक परामर्शकर्ता डाँगीले भन्नुभयो, “उहाँको शरीरमा लागेको चोट औषधीले बिस्तारै निको हुँदै जान्छ । तर उहाँमा मनोसामाजिक समस्या बढी देखिएकाले यो समस्याबाट बाहिर निकाल्न अति नै संवेदनशील भएर कुरा गर्नुपर्ने हुन्छ ।”

परामर्शको चार दिनपछि डाँगीसँग मात्रै मनका कुरा बताउँदै जुनीको बुबा रोजगारीको सिलसिलामा विदेश गएको, आमा र भाइलाई सामान्य चोट लागेको बताउनुभयो । जुनीले आफूले पनि स्टाफ नर्सको पिसिएलमा नाम निकालेको कुराकानीका क्रममा बताउनुभएको डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार जुनीले बहिनी गुमाएको शोकमा खाना, पानी, औषधीलगायत केही पनि नखाइदिनाले उहाँको शारीरिक चोट निको हुन समय लागेको छ । “जुनीको मन र मस्तिष्कमा लागेको आघात निको पार्न उहाँसँग परमर्श र कुराकानी गर्नु नै उत्तम उपाय हो”, डाँगीले भन्नुभयो ।

भेरी अस्पतालमा अहिले ४९ जनाको उपचार भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा भूकम्पमा परी घाइते भएका ५३ जनालाई उपचारका लागि ल्याइएको थियो ।

“तीनजना निको भई घर फर्कनुभएको छभने एकजनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियो”, प्रजिअ पोखरेलले भन्नुभयो, “उपचाररत बिरामीको स्वास्थ्य अवस्था खतरामुक्त छ । धेरैको स्वास्थ्य सोधारोन्मुख हुँदै गइरहेको छ ।”

रुपनी जि एम/रासस