२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा अध्यक्ष लिङ्देन स्वदेश फिर्ता



अ+ अ-

काठमाडौं । संयुक्त राज्य अमेरिकाको १२ दिन लामो भ्रमण पूरा गरी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन मंगलबार राति स्वदेश फर्कनुभएको छ ।

अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाको निमन्त्रणामा अमेरिकाको विभिन्न राज्यमा भएका विविध कार्यक्रममा सहभागी हुन कार्तिक ९ गते अमेरिका प्रस्थान गर्नुभएको थियो। भ्रमणको क्रममा अध्यक्ष लिङ्देनद्वारा टेक्सासको ड्यालसमा पानस अमेरिकाको तेश्रो राष्ट्रिय अधिवेशनको समुदघाटन र सम्बोधन गर्नुभएको थियो ।

अध्यक्ष लिङ्देनले अमेरिकाको टेक्सास, ईन्डियाना, ओहायो, वाशिडंटन डिसि, न्यूयोर्क,बाल्टिमोर लगायतका मुख्य शहरहरूमा ठूलो संख्याका नेपाली समुदाय, पानसका विभिन्न समितिहरुसंग भेटघाट र साक्षात्कार गर्नुभएको छ। आफ्नो छोटो अमेरिका भ्रमण अत्यन्तै उत्साहजनक र फलदायी रहेको अध्यक्ष लिङ्देनले बताउनुभएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष लिङ्देनलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी समेत सम्हाल्नुभएका वरिष्ठ नेता, उपाध्यक्ष बुद्धिमान तामाङ्, उपाध्यक्ष हेमजङ गुरुङ्, प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका नेताहरुले स्वागत गर्नुभएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अध्यक्ष लिङ्देनको भ्रमण टोलीका राप्रपा सहायक महामन्त्री विजय खड्का, केन्द्रीय सदस्य एवं प्रवास विभागका प्रमुख आनन्द अधिकारी एवं अमेरिकामा रहनुभएका पानस आईसिसीका अध्यक्ष प्रेमकुमार श्रेष्ठ पनि स्वदेश फर्कनुभएको छ।




भर्खरै