२० श्रावण २०८३, बुधबार
,
Latest
अवैध रूपमा भित्रिएका इलेक्ट्रिक स्कुटर धमाधम जफत बीजक लिन–दिन आन्तरिक राजस्व विभागको आग्रह नेपाली मौलिक स्वादको प्रवर्द्धनमा समर्पित ‘सेफ’ मन्त्रालयले भन्यो– एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुन्छ बेनी–जोमसोम सडक रातिमा बन्द बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर ‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेरी नगरका मेयरको आक्रोश: हेलिकप्टर आतंक बन्द गर



अ+ अ-

जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत र उद्धारका लागि खटिनु पर्ने अवस्थामा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि अन्य उच्च पदाधिकारीको नियमित भ्रमणलाई लिएर स्थानीय तहमा आक्रोश उत्पन्न भएको छ ।

स्थानीयवासीले नै भिआइपीहरुको अनावश्यक भ्रमणलाई लिएर आक्रोश व्यक्त गरिरहेको अवस्थामा भूकम्पको केन्द्र भेरी नगरपालिकाका मेयर सिपी घर्ती मगरले पनि हेलिकप्टर आतंक बन्द गर्न चेतावनी दिएका छन् ।

उहाँले सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्दै भन्नुभएको छ, बिभिन्न बहानामा भेरी नगरपालिकाको आकाशमा हेलिकप्टर आतङ्क बन्द गर। सम्बिधानले व्यवस्था गरेको स्थानीय बिपद ब्यवस्थापन समितीको अधिकार मिच्न नखोज।

मंगलबार मात्र राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोटको स्थलगत भ्रमण गरी भूकम्पले गरेको क्षतिको बारेमा जानकारी लिनु भएको थियो ।

अहिले दिनहुँजसो केन्द्रदेखि प्रदेशसम्मका उच्च पदस्थहरु हेलिकप्टर लिएर जाजरकोट र रुकुम पुग्ने गरेका छन् । तर राज्यसंयन्त्रका निकायहरु उच्च पदस्थको सुरक्षामा खटिनुपर्ने भएपछि स्थानीयवासीले राहत प्राप्त गर्न कठिन महशुस गर्नु परेको गुनासो सुनिन थालेको छ ।