१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम

जाजरकोटमा भिआइपीको ताँती, उद्धारका बेला सुरक्षाको सास्ती

भिआइपीहरु त्यहाँ पुगेर उनैको सुरक्षाको सास्ती कसैले नदेओस् । नेपाल प्रकोप पर्यटनको अखडा बन्नबाट बचोस् ।

जाजरकोटमा भिआइपीको ताँती, उद्धारका बेला सुरक्षाको सास्ती
अ अ+ अ-

काठमाडौँ । नेपालमा कहीँ कतै प्राकृतिक या दैवी प्रकोप भयो कि कतिपयलाई त्यहाँ पुग्नै हतारो हुन्छ । उनीहरुको दिमागमै यो लाग्दो हो कि त्यहाँ पुगेर प्रचार प्रसार गराएपछि जनताको सान्त्वता पाइन्छ ।

त्यस्तै लागिरहेको छ यतिखेर पनि जाजरकोट भूकम्पस्थल पुग्न । त्यसैले एकपछि अर्कोगरी भिआइपीहरु त्यहाँ पुगिरहेका छन् ।

गएको शुक्रबार राति भूकम्प गयो र ठूलो जनधनको क्षति गरायो । शनिबार बिहानै प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुगे र क्षतिको जानकारी लिए । उनी त्यहाँ पुग्दा जनता त्रसिद थिए, पराकम्पहरुले पनि उनीहरुलाई बारम्बार हल्लाएको थियो ।

तर प्रधानमन्त्री त्यहाँ पुगेपछि जिल्लाको सिंगो सुरक्षा दस्ता उनको सुरक्षामै लाग्नुपर्यो, लाग्यो । उता घरभित्र, संरचनाभित्र मानिसहरु पुरएका थिए, देशका सुरक्षा निकायहरुले उद्धार गरी उनीहरुलाई निकाल्ने काम गरिरहेकै थियो ।

जनताा विपतमा परेका बेला देशको कार्यकारी प्रमुख त्यहाँ पुग्नुलाई अन्यथा लिनु हुन्न । किनभने उहाँले अवस्थाको जानकारी लिनु नराम्रो काम होइन । मात्र यहाँ उल्लेख गर्न खोजिएको प्रसंग यो हो कि उहाँ त्यहाँ पुग्दा उद्धारका क्षेत्रमा के उपलब्धि भयो भन्ने हो ।

सरकार त त्यहाँ पनि छ । अहिले सिंहदरबार बाहिर पनि सरकारहरु छन् । प्रदेश, स्थानीय सरकार तत् तत् ठाउँमा छँदैछन् । उनीहरु खटेका थिए, उद्धारको काम जारी थियो । तर तत्कालै प्रधानमन्त्री जाँदा ती उद्धारकर्मी, ती सुरक्षाकर्मी प्रधानमन्त्रीको सुरक्षा, प्रबन्ध या व्यवस्थामा जुट्नुपर्ने भएकाले थप १०÷२० जना सुरक्षाकर्मीले पनि उद्धारकै काममा लाग्न पाउँथे कि भन्ने हो ।

त्यसपछि रक्षामन्त्री तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का त्यहाँ पुगे र अहिले पनि उनी त्यतै देखिन्छन् । अस्पताल, भत्किएका घरतिर उनी चाहारिरहेकै देखिन्छन् । प्रधानमन्त्रीपछिको वरियताका वरिष्ठ मन्त्री मात्र होइनन् मुलुकको रक्षामन्त्री पनि हुन् । उनी हुँदा पनि त त्यहाँका सुरक्षार्मी, उद्धारकर्मी, अस्पताल या सरकारका सबै निकायले काम गर्दो हो ।

फेरि हिजो पुगे राष्ट्रपति रामचन्द्र पौडेल । भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेर उनले घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए भने भूकम्पको केन्द्रबिन्दुमा पुगेर क्षतिको जानकारी लिने र अवलोकन गर्ने काम गरे । अस्पताल पुगे जाजरकोट अस्पतालमा रहेका घाइतेको अवस्थाको जानकारी लिने काम गरे र त्यही स्थानबाट हेलिकोप्टरमा फर्किए ।

राष्ट्रपपति पौडेलले घाइतेहरुको उपचार, मृतक तथा पीडित परिवारलाई राहात र सहयोगका लागि आफूले सरकारसँग कुरा गर्ने पनि बताएका छन् । राष्ट्रपति पौडेल सदरमुकाम खलङ्गा, रामीडाँडा, नलगाड तथा रुकुम पश्चिमको आठवीसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्धारको अवस्थाका बारेमा जानकारी पनि लिएका थिए ।

यसरी देशका राष्ट्रप्रमुखले सरकार प्रमुखले उद्धारमा चासो राख्नु नराम्रो होइन । तर पनि राष्टपति आफैँ उद्धारमा पर्ने गरी घटनास्थलमै किन जानुपर्ने भन्ने प्रश्न अहिले उठेको छ । अस्ति राष्ट्रपतिले युरोप भ्रमण स्थगित गरेको समाचार आएपछि जेजसरी उनको कामको स्वागत गरिएको थियो, मंगलबार फेरि उनलाई भूकम्पको इपिसेन्टरमा सुरक्षार्मीले उनलाई होतरेर हिँडाइरहेको तस्बिरको धेरैले आलोचना गरेका छन् ।

एक त उनी त्यहाँ यति हतारमा पुगेर पीडितलाई कुनै त्यस्तो ठूलो सहयोग प्राप्त भएको पनि देखिँदैन किनभने उनी त्यहाँ पुगेपछि सिंगो जिल्लाको सुरक्षा कमाण्ड नै उनको पछि लागेको थियो । त्यहाँ पुगेपछि पनि उनले कमाण्ड पोस्टमै बसेर जानकारी लिएको भए त्यहाँ उद्धारका काममा खटेका सेना प्रहरीले आफै काम गर्न पाउँथे र यता राष्टपतिको प्रकोप पर्यटनको श्रोत साधनको पनि बचत हुन्थ्यो ।

औपचारिक पोसाकमा ठटिएका राष्टपतिलाई प्रभावित क्षेत्रमा सुरक्षा अंगले उद्धार गरेको शैलीमा बडो टिठलाग्दो शैलीमा हिँडाएका छन् जहाँ कैयौँ सुरक्षाकर्मीको पनि पछि पछि लावालस्कर देखिन्छ ।

पीडितको सहानुभूति बटुल्नका लागि त अब उद्धारको काम सकिएकाले राहात वितरण गर्नुपर्छ । उता भिआइपीको लर्को छ यता पीडितले कात्तिकको जाडोमा खुला आकासमा रात गुजारेका, खाद्यान्न नपाएका, सुत्केरी आमाहरुले न्यानो ओढ्ने नपाएका समाचारहरु निरन्तर आएका छन् ।

सहयोग घोषणा व्यापक आएको सुनिन्छ तर पीडितसम्म पुर्याउन सकिएको छैन । त्यहाँ पुगेर थुप्रिएको पनि समाचार छ । त्यसैले त्यसलाई बाँड्ने र जनतासम्म पुर्याउने काममा बरु सरकारले तारतम्य मिलाओस् । त्यहाँ पनि सरकार छ, सरकारका अंग छन् । आफू नै त्यहाँ पुगेर आफैले उद्धार गरिनुपर्ने टिठलाग्दो अवस्थाको प्रदर्शन कसैले नगरोस् । भिआइपीहरु त्यहाँ पुगेर उनैको सुरक्षाको सास्ती कसैले नदेओस् । नेपाल प्रकोप पर्यटनको अखडा बन्नबाट बचोस् ।