२८ मंसिर २०८२, आईतवार
,
Latest
पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याक्सवेलको दोहोरो शतकीय पारीमा अस्ट्रेलिया विश्वकपको सेमिफाइनलमा



अ+ अ-

एजेन्सी । भारतमा जारी एकदिवसीय विश्वकप अन्तर्गत अफगानिस्तान र अष्ट्रेलियाबीच मंगलबार वानखेडेमा भएको खेलमा क्रिकेट फ्यानहरूले क्रिकेटरको अदभुत खेल देखेका छन् । ग्लेन म्याक्सवेलको अविजित २०१ रनको इनिङ ।

घाइते भए, दुई पटक फिजियोमा आए, रन बनाउन गाह्रो भयो तर म्याक्सवेल न रोकिए न थाके । टोलीले आठौं विकेटका लागि २०२ रनको साझेदारी गर्दै २९२ रनको लक्ष्य पुरा गर्यो ।

म्याक्सवेलको यो साहसी खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ३ विकेटले पराजित गरेको छ । टोलीले ९१ रनमा ७ विकेट गुमाएको थियो । यहाँबाट म्याक्सवेलले कप्तान प्याट कमिन्ससँग आठौं विकेटका लागि अविजित २०१ रनको कीर्तिमानी साझेदारी गर्दै सबैभन्दा ठूलो रन पछ्याएका थिए ।

टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानको टोलीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २९१ रन बनाएको थियो । ओपनर इब्राहिम जाद्रानले अविजित १२९ रनको इनिङ्स खेले । अस्ट्रेलियाले ४६.५ ओभरमा ७ विकेट गुमाएर २९२ रनको लक्ष्य पुरा गर्यो ।

योसँगै अफगानिस्तानलाई हराएर अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको छ भने अफगानिस्तानको छनोट हुने आशा निकै कम बनेको छ । अष्ट्रेलियाले ८ खेलमा ६ जितमा १२ अंक जोडेको छ भने टोली अंक तालिकाको तेस्रो स्थानमा छ । जबकि अफगानिस्तानको ८ खेलमा ४ जितबाट ८ अंक छ र छैटौं स्थानमा रहेको छ ।