१० श्रावण २०८३, आईतवार
,
Latest
एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक–फरक रिपोर्ट गत आर्थिक वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट चाइनाबजार ई–कमर्स प्लेटफर्म साउन १३ गतेदेखि सञ्चालनमा आउने वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल त्रिवि एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि छानबिन समिति गठन एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ? कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा इजरायली आक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार नाघ्यो



अ+ अ-

एजेन्सी । कट्टरपन्थी इस्लामिक समूह (हमास) ले इजरायलमा आक्रमण गरेपछि इजरायलद्वारा थालेको कारबाही करिब एक महिना पुग्दै गर्दा प्यालेस्टिनी भूमिमा इजरायली बमबारीमा परी मृत्यु हुनेको सङ्ख्या १० हजार नाघेको जनाएको छ ।

गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–किद्रेहले पत्रकार सम्मेलन गरी १० हजार २२ जनाको मृत्यु भएको घोषणा गरेका छन् ।

इजरायली सेनाले गरेको भीषण बमबारीमा आतबार र सोमबारमा कम्तीमा २९२ जना प्यालेस्टाइनीको मृत्यु भएको उनले बताए ।

मन्त्रालयका अनुसार गाजामा युद्ध सुरु भएयता मारिनेमा चार हजारभन्दा बढी बालबालिकासहित अधिकांश सर्वसाधारण रहेका छन् ।

गाजा क्षेत्रमा अक्टोबर ७ मा हमासले गरेको आक्रमणका कारण दक्षिणी इजरायलमा एक हजार ४०० जनाको मृत्यु भएको इजरायली अधिकारीहरूले बताएका छन् ।