२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप इतिहासमै बंगलादेश र श्रीलंकाबीचको खेलमा बन्यो यस्तो दुर्लभ कीर्तिमान



अ+ अ-

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप २०२३ को ३८ औं खेल बंगलादेश र श्रीलंकाबीच दिल्लीको अरुण जेटली स्टेडियममा जारी छ । खेलमा बंगलादेशका कप्तान शकिब अल हसनले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए ।

टस जितेर ब्याटिङ गरेको श्रीलंकाको सुरुवात खराब रह्यो । यो समाचार लेख्दासम्म टोलीले २७ ओभरसम्म आइपुग्दा ५ विकेट गुमाइसकेको छ भने १५० रन जोडेको छ । यसैबीच यो खेलमा विश्वकपको ठूलो कीर्तिमान बनेको छ । आज कुनै एक विश्वकपमा सबैभन्दा बढी छक्का प्रहार गर्ने कीर्तिमान बनेको छ ।

यसैबीच यो खेलमा विश्वकपको ठूलो कीर्तिमान बनेको छ । आज कुनै एक विश्वकपमा सबैभन्दा बढी छक्का प्रहार गर्ने कीर्तिमान बनेको हो ।

कुसल मेन्डिसको ब्याटबाट निस्केको छक्काले विश्वकपको ४८ वर्षको इतिहास बदल्यो । विश्वकपको इतिहासमा अहिलेसम्म कुनै पनि विश्वकपमा ४६४ छक्का प्रहार भएको छैन । यस मामिलामा सन् २०१५ को विश्वकपमा ४६३ छक्काको कीर्तिमान पनि पछि परेको हो ।

हालको विश्वकपमा ४६४ प्लस छक्का पूरा भएको छ । यसअघि सन् २०१५ को विश्वकपमा फ्यानले प्रतियोगितामा ४६३ छक्का प्रहार गरेको देख्ने मौका पाएका थिए । यसबाहेक सन् २००७ र २०१९ को यस प्रतियोगितामा छक्काको संख्या ३५० भन्दा बढी थियो । योसँगै २००७ को विश्वकपमा ३७३ छक्का र २०१९ को विश्वकपमा ३५७ छक्का प्रहार भएको थियो ।