४ श्रावण २०८३, सोमबार
,
Latest
बजेट कार्यान्वयनका लागि कार्यविधि र निर्देशिका साउन मसान्तभित्र तयार पार्न निर्देशन बजेटको प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्री डा वाग्लेद्वारा निर्देश कोलकाताबाट आइपुग्यो ‘कार्गो रेल’ वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्रबिच सहकार्य आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना बालयौन दूराचारमा अमेरिकी अदालतबाट पनि दोषी ठहर भए केनेथ ‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह चलचित्र क्षेत्र प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग गर्छ : सञ्चारमन्त्री डा तिमिल्सिना खाद्य तथा कृषि सङ्गठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु कानून सुधार र निर्माणको वर्ष : लक्ष्य पूरा गर्न मन्त्रालयगत छलफल थालियो, प्रत्येक महिना हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप इतिहासमै बंगलादेश र श्रीलंकाबीचको खेलमा बन्यो यस्तो दुर्लभ कीर्तिमान



अ+ अ-

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप २०२३ को ३८ औं खेल बंगलादेश र श्रीलंकाबीच दिल्लीको अरुण जेटली स्टेडियममा जारी छ । खेलमा बंगलादेशका कप्तान शकिब अल हसनले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए ।

टस जितेर ब्याटिङ गरेको श्रीलंकाको सुरुवात खराब रह्यो । यो समाचार लेख्दासम्म टोलीले २७ ओभरसम्म आइपुग्दा ५ विकेट गुमाइसकेको छ भने १५० रन जोडेको छ । यसैबीच यो खेलमा विश्वकपको ठूलो कीर्तिमान बनेको छ । आज कुनै एक विश्वकपमा सबैभन्दा बढी छक्का प्रहार गर्ने कीर्तिमान बनेको छ ।

यसैबीच यो खेलमा विश्वकपको ठूलो कीर्तिमान बनेको छ । आज कुनै एक विश्वकपमा सबैभन्दा बढी छक्का प्रहार गर्ने कीर्तिमान बनेको हो ।

कुसल मेन्डिसको ब्याटबाट निस्केको छक्काले विश्वकपको ४८ वर्षको इतिहास बदल्यो । विश्वकपको इतिहासमा अहिलेसम्म कुनै पनि विश्वकपमा ४६४ छक्का प्रहार भएको छैन । यस मामिलामा सन् २०१५ को विश्वकपमा ४६३ छक्काको कीर्तिमान पनि पछि परेको हो ।

हालको विश्वकपमा ४६४ प्लस छक्का पूरा भएको छ । यसअघि सन् २०१५ को विश्वकपमा फ्यानले प्रतियोगितामा ४६३ छक्का प्रहार गरेको देख्ने मौका पाएका थिए । यसबाहेक सन् २००७ र २०१९ को यस प्रतियोगितामा छक्काको संख्या ३५० भन्दा बढी थियो । योसँगै २००७ को विश्वकपमा ३७३ छक्का र २०१९ को विश्वकपमा ३५७ छक्का प्रहार भएको थियो ।