७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने

कोरोनामा बन्द भएका फिल्म हल अझै खुल्न सकेनन्

कोरोनामा बन्द भएका फिल्म हल अझै खुल्न सकेनन्
अ+ अ-

कटारी । कुनै समय उदयपुरको कटारीस्थित चन्द्र टाकिज हलमा फिल्म हेर्ने दर्शकको व्यवस्थापन गर्न हल सञ्चालकलाई हम्मेहम्मे पथ्र्यो । उदयपुरको पश्चिम क्षेत्र र सिन्धुलीको पूर्वी क्षेत्रका दर्शकहरुको यहाँ भीड लाग्ने गथ्र्यो ।

करिब तीनदशक यो हलले यस क्षेत्रमा निरन्तर मनोरञ्जन दिलाएको थियो । पछिल्लो समय कोभिड– १९ को सङ्क्रमणका कारण हल बन्द गर्नुपर्ने अवस्था आएपछि बन्द रहेको यो हल सञ्चालनमा आउन सकेको छैन । लामो समय कोरोनाका कारण बन्द भएपछि हल सञ्चालन गर्न नसकिएको हलका व्यवस्थापक उमेश कटुवालले बताउनुहुन्छ ।

कोरोना सकिएपछि प्रेमगीत ३ चलचित्र सञ्चालन गरे पनि हल मर्मत गर्नुपर्ने अवस्था आएकाले पुन:सञ्चालन गर्न नसकिएको उहाँको भनाइ छ । हल मर्मत गर्न आवश्यक रकमको अभावमा सञ्चालनमा ल्याउन नसकिएको उहाँ बताउनुहुन्छ । हल सञ्चालक प्रयास कार्की हलमा लगानी गर्ने सोचमा हुनुहुन्न । “पाँच सात लाख रुपैयाँ लगानी गरेर नाफा आउने अवस्था छैन्”, कार्की भन्नुहुन्छ, “एक्लो प्रयासले लगानी गर्दा अब हलबाट नाफा कमाउन सकिन्दैन ।”

कटारीको मात्रै होइन जिल्ला सदरमुकाम गाईघाटमा पनि अहिले हल चल्न नसकेको लामो समय भयो । कोरोनाकाल सम्म जेनतेन चलेको गाईघाटको फिल्म हल पनि त्यसपछि सञ्चालनमा आउन सकेको छैन । गाईघाटमा पनि तीन दशकअघिको शुभलक्ष्मी हल अहिले जीर्ण अवस्थामा पुगिसकेको छ । शुभलक्ष्मी हल कमजोर बनेको भन्दै गाईघाटमा खुलेको बाबारानी हल पनि कोरोनाअघिदेखि नै बन्द छ ।

बाबारानीले हल हटाएर त्यस ठाउँमा अन्य व्यवसाय सुरु गरिसकेको छ । बाँकी एकमात्र शुभलक्ष्मी हलमा पनि लगानी गर्न नसकिने अवस्थामा पुगेको सञ्चालक जगदिश साह बताउनुहुन्छ । “लगानी गरेर के गर्ने हिन्दीफिल्म चलाउन महँगो पर्छ, नेपाली फिलिमले लगानी पनि उठाउँदैन”, उदयपुरका कलाकार मिथुन ठाकुर भन्नुहुन्छ, “जिल्लामा राम्रो हल नहुँदा मनोरञ्जन क्षेत्र अगाडि बढ्न सकेको छैन् ।” जिल्लाको पूर्वी क्षेत्रमा अहिलेसम्म कुनै हल नै सञ्चालनमा आउन सकेको छैन । पछिल्लो समय प्रविधिका कारण मोबाइलबाट नै मनोरञ्जन प्राप्त हुनेहुँदा हलमा लगानी गर्नसक्ने अवस्था नरहेको व्यवसायीहरु बताउँछन् । रासस