२५ मंसिर २०८२, बिहीबार
,
Latest
प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस एनपीएल: फाइनलमा पुग्न विराटनगरलाई १३५ रनको लक्ष्य प्रतिनिधिसभाका लागि काठमाडौ ८ बाट राजु खरेल सहित ६ सिफारिस सत्ता जोगाउन १० बुँदेको सम्झौताको नाटक मञ्चन गरियोः रविकिरण हमाल चलचित्र विकास बोर्डको अध्यक्ष योग्यताक्रमका आधारमा खुला प्रतिष्पर्धाबाट ल्याउने व्यवस्था गरौँः सञ्चारमन्त्री सोलुमा हिउँले ढाकेका भाग घट्दै भिजिट भिषा प्रकरण: सहसचिव तीर्थराज भट्टराई सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब हाम्रो ध्यान ट्वान्टी–२० विश्वकपतर्फ हुनेछ – प्रशिक्षक देसाई



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले यो वर्ष नेपाली क्रिकेटका लागि धेरै राम्रो भएको उल्लेख गर्दै अब आइसिसी ट्वान्टी–२० विश्वकपतर्फ ध्यान रहेको बताएका छन् ।

ओमानसँगको फाइनलमा हारपछि उनले यो हारबाट हतोत्साहित हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै समग्रमा यो वर्ष नेपाली खेलाडीले धेरै राम्रो गरेको धारणा राखे । एउटा फाइनल हेरेर मात्र हुँदैन समग्रमा यो वर्ष खेलाडीले धेरै मेहनत गरेको उनको धारणा छ । मोन्टीले ब्याटिङमा राम्रो गरे पनि बलिङततर्फ पावरप्लेमा केही गल्ती भएको बताए । खेल टाइ भएपछि सुपर ओभरमा धकेलिएको थियो । तर, सुपर ओभरमा नेपालले राम्रो गर्न नसक्दा हार ब्यहोर्यो ।

उनले ट्वान्टी–२० को राम्रो बलरका रूपमा अविनाश बोहोरालाई नै सुपर ओभरमा प्रयोग गरिएको उल्लेख गर्नुभयो । यद्यपि, आज उनले दबाब राम्रोसँग नसकेको बताए । ओमानका बलर बिलाल खानले पनि आफ्नो योजनाअनुसार गर्न सक्दा सुपर ओभरमा हार सामना भएको पनि धारणा राखे । तर, समग्रमा भने यस प्रतियोगितामा नेपालले राम्रो गरेको उनको भनाइ छ ।

विवेक यादव जस्तो खेलाडी अगाडि आउनु पनि सुखद् पक्ष रहेको प्रशिक्षक मोन्टीको बुझाई छ । स—साना बच्चाहरू क्रिकेट हेर्न आउनु भनेको नेपालका लागि सुखद पक्ष रहेको पनि प्रशिक्षक मोन्टीले बताए । हारको संघारमा पुगिसकेको अवस्थामा समर्थकको साथप्रति पनि उनको प्रंशसा गरे ।

नेपालका कप्तान रोहित पौडेलले फाइनलको नतिजा आफ्नो पक्षमा नआए पनि यो प्रतियोगिताबाट धेरै सकरात्मक नतिजाहरू प्राप्त भएको उल्लेख गरे । अब विश्वकप आउन ५÷६ महिनाको समय रहेको र यसबीच शृंखलाहरू व्यवस्थापन गर्दै राम्रो तयारी गर्नुपर्ने रोहितले बताए ।