२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जन्मदिनको कोहलीको शतक, गरे सचिनको कीर्तिमान बराबरी



अ+ अ-

काठमाडौँ । भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले एकदिवसीय करिअरमा ४९ औं शतक बनाएका छन् । उनले विश्वकप २०२३ अन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध शतक बनाएका हुन् ।

आज आफ्नो जन्मदिनलाई विशेष बनाउँदै कोहलीले सचिन तन्दुलकरको एकदिवसीय क्रिकेटमा सर्वाधिक शतक (४९) को कीर्तिमानी बराबरी समेत गरे । कोहलीले ११९ बलमा शतक बनाए । यो उनको एकदिवसीय करियरको ४९ औं शतक थियो ।

सचिनले ४५२ ओडीआई इनिङ्समा यो काम गरेका थिए भने कोहलीले आफ्नो २७७ औं ओडीआई इनिङ्समा ४९ शतक बनाए । त्यसमा विशेष के थियो भने आज आफ्नो जन्मदिनमा शतक बनाएर कीर्तिमानको बराबरी गरे । जारी विश्वकपमा उनको यो दोस्रो शतक हो ।