७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने

बत्तीस किचन सम्हाल्दै सेफ कौशल

बत्तीस किचन सम्हाल्दै सेफ कौशल
अ+ अ-

चितवन । होटल, रेष्टुराँ, पार्टी प्यालेसका सञ्चालक र त्यहाँका कार्यकारी प्रमुखलाई धेरैले चिन्दछन् तर त्यही भान्साघर (किचन) लाई व्यवस्थित गरेर संस्थालाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सेफहरुलाई भने कमैले मात्र चिन्दछन् ।

यस्तै भूमिकामा रहनुभएका बुटवलको देवीनगरका एलबी कौशलले सिद्धार्थ हस्पिटालिटी एण्ड विजनेश ग्रुपका ३२ वटा किचन सम्हाल्दै आउनु भएको छ । उहाँकै नेतृत्वमा यो समूहका होटल, रेष्टुराँ, पार्टी भेनु र कलेज सञ्चालन हुँदै आएका छन् । विगत पाँच वर्षदेखि कौशलले यो समूहको नेतृत्व गर्दै आउनुभएको हो ।

होटल म्यानेजमेन्टको अध्ययनसँगै सन् २००० देखि उहाँले यो यात्रा सुरु गर्नुभएको हो । एकचालिस वर्षीय कौशलले धेरै पाँचतारे होटलमा काम गरिसक्नु भएको छ । सोही अनुभवका कारण उहाँले अहिले एक हजारभन्दा बढी किचनको नेतृत्व गरेर सिद्धार्थ ग्रुपको भान्सालाई अघिबढाउनु भएको छ । भारतको नयाँदिल्लीमा बिएचएम उत्तीर्ण गरेसँगै कौशलले भारतकै भूपालमा रहेका पाँचतारे होटलमा काम सुरु गर्नुभएको थियो ।

ट्रेनिङ सेसनदेखि नै काम सुरु गर्नुभएका उहाँ कमी थर्ड, कमी सेकेण्ड, कमी फस्ट हुँदै अहिले कर्पोरेट सेफ बन्नु भएको हो । कौशलले होटल सूर्या, ताज होटल, अन्तर्राष्ट्रिय ग्रुप आइजी, चेन ग्रुप सिग्नेटलगायत होटलमा कामगरिसक्नु भएको छ । यससँगै उहाँ नेपालका होटल म्यानेजमेन्ट कलेजहरुसँग पनि जोडिनुभएको छ ।

गेट कलेज काठमाडौँ, सिल्भर माउण्टेन कलेज, नाथेम कलेज, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालयलगायतमा गेष्ट लेक्चर र प्रयोगात्मक इन्स्ट्रक्टरका रूपमा कौशलले काम गर्दै आउनु भएको छ । सन् २०१९ को मास्टरसेफ प्रतियोगिताको निर्णायक समेत उहाँ हुनुहुन्थ्यो । सिद्धार्थ ग्रुपमा कौशल छिर्दै गर्दा १३ वटा शाखा थिए । अहिले यो शाखा ३२ पुगेको छ ।

सिद्धार्थ ग्रुपमा रेष्टुरेन्टदेखि पाँचतारे होटलसम्म छन् । उहाँले भन्नुभयो “हरेक शाखामा कार्यकारी सेफ राख्छौँ । उनीहरुले मलाई रिपोर्टिङ गर्छन् । खानाका परिकार मबाट फलो गरेर तयार गर्छन् ।” दैनिक अनलाइन बैठक गरेर छलफल गर्ने र आइपरेका समस्या पहिचान गरी समाधान गर्ने गरेको उहाँको भनाइ थियो ।

कौशलले थप्नुभयो “खानाको गुणस्तरमा सम्झौता गर्दैनौ । फुडलाई सेफ्टी र हाईजेनिक बनाउनाका साथै केयर पनि गर्छौँ ।” खानाबाटै ९५ प्रतिशत रोग लाग्ने भएकाले उहाँले त्यसमा कुनै पनि हेलचक्र्याई नगरी खाद्य सुरक्षालाई ख्याल गर्ने गरिएको बताउनुभयो । कौशलले थप्नुभयो “स्वस्थकर खाना दिन्छौँं । प्राङ्गारिक खानामा हामी विश्वास गर्छौं ।”

आफूहरुले मसलामा पनि विशेष ध्यान दिन गुणस्तरीय ब्राण्डका मात्रै मसला प्रयोग गर्ने गरेको कौशलले बताउनुभयो । उहाँले भन्नुभयो “जिरा, धनियाँ, गरममसला, कबाब मसला आफँै बनाउँछौँ । रङग प्रयोग गर्दैनौंँ । हामीले तयार गरेको खानामा प्राकृतिक रङ्ग हुन्छ ।” व्यवस्थापनले पनि गुणस्तरमा कुनै सम्झौना नगर्न आफूहरुलाई भनेकै कारण उच्चस्तरको खाना तयार गर्न सकिएको कौशलले बताउनुभयो ।

काठमाडौँको कोटेश्वरमा रहेको सिद्धार्थ हस्पिटालिटी इन्स्टिच्यूटबाट तालिम लिएर आउनेलाई मात्रै काममा लगाउने गरेको उहाँले बताउनुभयो । पेसागत हिसाबले यो क्षेत्र महत्वपूर्ण रहेकाले आफ्नो ग्रुपभित्र काम गर्ने सेफले मासिक रु तीन लाखसम्म पारिश्रमिक पाउने गरेको उहाँले जानकारी दिनुभयो । बजारमा खोजेजस्तो जनशक्ति पाउन नसकिएको अवस्थामा यही बसेर मेहनत गर्न सक्यौंँ भने राम्रै कमाउन सकिने कौशलले बताउनुभयो । रासस