२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुगुम समाज कल्याण केन्द्रद्वारा विपद् प्रभावितका लागि ६ लाख सहयोग News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा News Polar कांग्रेस महाधिवेशन: दिउँसो २:३० बजेसम्म ३ हजार ७५४ मत खस्यो News Polar सिभिल अस्पतालमा १७ सदस्यीय चिनियाँ चिकित्सक टोलीद्वारा निःशुल्क स्वास्थ्य परीक्षण News Polar यी हुन् २१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिक News Polar दीपक भट्टको मानव अधिकार संरक्षणको माग गर्दै बुवाद्वारा आयोगमा निवेदन News Polar बाढीपहिरो प्रभावित ६ जिल्लाका स्थानीय तह तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषित News Polar चाडपर्वमा अत्यावश्यक सेवा नियमित राख्न सरकारको निर्देशन News Polar कांग्रेस महाधिवेशनको मतदान समय साँझ ५ बजेसम्म थपियो News Polar मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै News Polar भ्रष्टाचारविरुद्धको महासन्धि कार्यान्वयनबारे सबै जिल्लामा अनुगमन गरिने News Polar हुलाक सेवालाई सरकारी कुरियरका रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी बन्दै : सञ्चारमन्त्री तिमिल्सिना News Polar मुगुका २० बालिकालाई शान्ति समाजद्वारा छात्रवृत्ति News Polar बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या News Polar काठमाडौं महानगरले सम्यक महादान परम्परालाई पुनर्जीवित गर्ने News Polar खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित News Polar निर्माण व्यवसायी महासंघद्वारा पूर्वअध्यक्ष गौचनको नवौँ स्मृति सभा News Polar काठमाडौं जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे तारेख News Polar प्रसारण शुल्क महँगो भएको भन्दै पुनर्विचार गर्न इप्पानको माग News Polar लामो समयदेखि अलपत्र लालबकैया पुल सञ्चालनमा आउने चरणमा

नेपालको सिमानाको इतिहास तथा यसको विवेचना विचार गोष्ठी सम्पन्न

नेपालको सिमानाको इतिहास तथा यसको विवेचना विचार गोष्ठी सम्पन्न
अ अ+ अ-

काठमाडौ । दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्रको आयोजनमा ‘नेपालको सिमानाको इतिहास तथा यसको विवेचना’ विषयक विचार गोष्ठी नेपाल प्रज्ञा प्रतिष्ठानको सभा कक्षमा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा वरिष्ठ सीमाविद बुद्धिनारायण श्रेष्ठले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि इतिहासकार प्रा दिनेशराज पन्त ,प्रा. डा. सुरेन्द्र केसी तथा अधिवक्ता स्वागत नेपालले टिप्पणी गर्नुभएको थियो।

फ्लोरबाट कार्यपत्रमाथि परराष्टविद् हिरण्यलाल श्रेष्ठ ,प्रा.डा धनबहादुर कुँवर ,प्रा.डा. राजाराम सुवेदी ,प्रा. शिवहरि मरहठ्ठालगायतका व्यक्तिले कार्यपत्रमाथि आफ्नो अभिधारणा प्रस्तुत गर्नुभएको थियो।

संस्थाका अध्यक्ष इ .ईश्वरचन्द बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उदघाटन सत्रको सञ्चालन महासचिव कपिलचन्द्र खनालले गर्नुभएको थियो भने गोष्ठी सत्रको सञ्चालन साहित्यकार तथा केन्द्रका कोष संस्थापक राजेन्द्रप्रसाद अर्यालले गर्नुभएको थियो।

उपस्थित महानुभावलाई संस्थाका उपाध्यक्ष मदनराज थापाले स्वागत गर्नुभएको थियो भने धन्यवाद ज्ञापन वरिष्ट सदस्य तथा अन्वेषक प्रकाश दर्नालले गर्नुभएको थियो।

प्रमुख अतिथि प्राध्यापक जयराज आचार्यले संस्थाले ऐतिहासिक महत्वका विषय छनौट गरी चेतना प्रदान गरेकाले दण्डपाणि अर्ज्याल प्रति सच्चा सम्मान भएको कुरा बताउनुभएको थियो। कार्यक्रममा विशेष अतिथिका रुपमा पूर्व कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादर गुरुङ लगायतका अन्य परिवारजनको उपस्थिति थियो।