काठमाडौं । मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौ उपत्यकामा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र बिच सहकार्य गर्ने सहमति भएको छ ।
माओवादीका तर्फबाट उपाध्यक्ष अग्नि सापकोटा र एकीकृत समाजवादीका तर्फबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
सहमतिअनुसार कीर्तिपुर मेयरमा माओवादी केन्द्रका प्रा.डा. शिवशरण महर्जनलाई एकीकृत समाजवादीले सघाउने र काठमाडौं-१६ को वडाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार मिनबहादुर मानन्धरलाई माओवादीले समर्थन गर्ने छ ।