२७ भाद्र २०८३, शनिबार
,
Latest
देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरमा राष्ट्रिय कर दिवस एवं कर सप्ताह आजदेखि सुरु



अ+ अ-

विराटनगर ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने प्रमुख नाराका साथ १३औँ राष्ट्रिय कर दिवस एवं कर सप्ताह आजदेखि सुरु भएको छ ।

विभिन्न प्लेकार्डसहित आन्तरिक राजस्व कार्यालय विराटनगरबाट सुरु भएको प्रभातफेरि नगरका विभिन्न भागको परिक्रममा गरी पुनः कार्यालयमा सभामा परिणत भयो ।

सभामा कर प्रणाली चुस्तदुरुस्त हुनुपर्ने र करदातालाई सरकारले सहजीकरण गर्नुपर्ने वक्ताहरुले जोड दिनुभयो । उद्योग र व्यापारविना करमा बढोत्तरी हुन नसक्ने भएकाले सरकारले उद्योग र व्यापारका लागि आवश्यक नीति निर्माण गर्नुपर्ने उहाँहरुको भनाइ छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सरकारले कर प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो । उहाँले करविना राष्ट्रको निर्माण हुन नसक्ने भएकाले यसमा सबैले इमान्दार भएर प्रत्यन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

आन्तरिक राजस्व कार्यालयका प्रमुख भूपालराज शाक्यले कर सङ्कलनमा निराशाको स्थिति नरहेको प्रष्ट पार्दै यसमा अझै मेहिनत गर्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले जनताको उपभोग्य क्षमता घटेको र उत्पादन बढ्न नसकेकाले कर असुलीमा केही समस्या देखिए यसलाई निराकरण सबैले आफ्ना तहबाट सहयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष अनिल साह, कर अधिकृत गजाधर खतिवडा, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख तोपनाथ उप्रेती, प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकाल लगायतले बोल्नुभएको थियो ।रासस