५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधिको बिडम्बना ! जाजरकोटमा सामूहिक दाहसंस्कारका यी हृदयविदारक तस्बिर



अ+ अ-

काठमाडौं‌ । यस्तो हृदयविदारक तस्बिर कसैले खिच्न, यसरी प्रकाशन गर्न तथा हेर्न पनि नपरोस् । तर, विधिको बिडम्बना नै हो जे नगरौँ भन्यो त्यही गर्नुपर्छ । त्यही देख्नुपर्छ तथा त्यही नै भोग्नुपर्छ ।

जाजरकोटमा शुक्रबार रातिको भूकम्पमा परेर ज्यान गुमाएका व्यक्तिहरुको आज यहाँको स्थानीय नदीमा दाहसंस्कारका लागि यसरी लगिँदैछ । शुक्रबार दिउँसोसम्म सँगै थिए गाउँका दाजुभाई तथा दिदीबहिनीहरु । लाग्छ उनीहरु आउनै लागेको तिहार कसरी मनाउने भनेर तयारी पनि गर्दै थिए होला । तर तीमध्ये सबै बिहान उठ्न पाएनन् । कति त राति नै आफ्नै घरले थिचिएका थिए भने कति बिहानसम्म छट्पटाएर विदा भएका थिए ।

आज तिनैको  दाहसंस्कारका लागि गाउँलेहरुले यसरी शव लिएर सामूहिक दाहसंस्कारका लागि लग्दैछन् । तस्बिरमै हेर्दा पनि हेर्न नसकिने यो दृश्य त्यहीँ पुग्दा कस्तो होला ? सोच्न, कल्पना गर्न पनि गाह्रो छ । मानिसको जीवनका जिजीविशाहरुको सार र स्वरुप यस्तै हो जो सोच्न नसक्ने अवस्थालाई नै प्रत्यक्ष देख्न र भोग्नु नै पर्छ ।

सबै भगवानहरुलाई अनुनय छ- आज जाजरकोटमा दुखेको दु:ख अन्यत्र कतै नदुखोस् । यस्तो अकालको कालले कसैलाई शिकार नगरोस् ।

तस्बिर : सुरेश आचार्य/रासस

 




भर्खरै