३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

विषेश छुटसहित बागबजारमा ‘महाकुम्भ जुत्ता मेला’ शुरु

विषेश छुटसहित बागबजारमा ‘महाकुम्भ जुत्ता मेला’ शुरु
अ+ अ-

काठमाडौं । काठमाडौको मुटु मानिने बागबजारमा चर्चित नेपाली ब्राण्डका जुत्ताचप्पलको ‘महाकुम्भ जुत्ता मेला’ शुरु भएको छ । रत्नपार्क चोकबाट बागबजार छिर्ने मुखैमा नयाँ नयाँ डिजाइनका गुणस्तरिय र अपत्यारिलो छुटसहित मेला शुरु भएको हो । 

यसअघि भृकुटीमण्डपमा मेला संचालन गर्दै आएका चर्चित नेपाली ब्राण्डहरुले रत्नपार्कको आकासेपुलसँगै रहेको पहिला ‘रातोघर’का नामले परिचित स्थानमा निर्माण भएको नवनिर्मित कम्प्लेक्सको पहिलो तल्लामा ‘स्थायी शोरुम’ मा मेला लगाएका हुन् ।

भृकुटीमण्डपमा केही दिन लाग्ने मेला भन्दा स्थायी शोरुममा मेला लगाउँदा उपभोक्तालाई थप सहज हुने अपेक्षासहित बागबजारमा मेला लगाएको आयोजकको भनाई छ । ‘यसअघि विभिन्न ठाँउमा हामीले संचालन गरेका मेलाहरुमा आम उपभोक्ताको ठुलो आकर्षण देखिएपछि सबैको सहजताका लागि उपत्यकावासीका आउजाउको केन्द्रविन्दुमै शोरुमसहित मेला संचालनमा ल्याएका हौ’ आयोजक तथा केटिएम सुजका संचालक प्रमोद महत्तोले भने –‘भृकुटीमण्डप, पदमोद्यमोड, ललितपुर लगायतका ठाँउपछि स्थायीरुपमै ग्राहकवर्गलाई विभिन्न स्कीमहरु उपलब्ध गराउने गरी अत्याधुनिक शोरुमसहितको मेला शुरु गरेका हौ ।’ 

नयाँ तथा आधुनिक डिजाइनका एक हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध मेलामा छुट, स्कीम र वारेन्टीसहित उत्पादन लागतमै जुत्ताचप्पल उपलब्ध रहेको आयोजकको भनाई छ । मेलामा नेपालका प्रख्यात ब्राण्ड केटीएम सुज, बोस सुज, भेनस सुज, बेम्बो सुज, हिमानी लेडिज सुज,एस लेदर सुजका स्टाइलिस जुत्ताचप्पल उपलब्ध छन् ।

मेला संचालनको शुभारम्भमा प्रत्येक जुत्ता खरिदमा २० देखि ५० प्रतिशतसम्म छुट प्रदान गरिएको आयोजकको भनाई छ । ‘ जुत्ता कम्पनीले सीधै ग्राहकहरुलाई जुत्ताचप्पल उपलब्ध गराउने हुँदा एजेन्सी, होलसेलर तथा पसलहरुले लिने कमिशन नजोडिदा उत्पादन मूल्यमै ग्राहकहरुलाई उपलब्ध गराउँछौं’ आयोजक महतो भन्छन्–‘मेलामा नै हेल्पडेस्क पनि रहने हुँदा वारेन्टी तथा गुनासोका लागि उपभोक्तालाई सहज हुनेछ ।’ 

स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई आकर्षित गर्न र खरिद सहजताका लागि नयाँ ठाँउमा र स्थायीरुपमै कुम्भमेला राखिएको अर्का आयोजक जीवन श्रेष्ठको भनाई छ । उनले भने–‘मेलामा हामीले एकदमै सस्तो उत्पादन (फ्याक्ट्री) मुल्यभन्दा कम पैसामा नयाँ–नयाँ डिजाइनका जुत्ताचप्पल विक्रिवितरण गरिरहेका छौ, मेलामा नै नयाँ–नयाँ डिजाइनका जुत्ता पनि लन्च गरेका छौ, जसले गर्दा उपभोत्ताले छानीछानी किन्न पाउनुहुन्छ ।’

एउटै छानामुनी सबै मोडलका जुत्ताचप्पल छानीछानी किन्न पाउनु र गुणस्तरीय जुत्ताचप्पल सस्तो मूल्यमा स्थायी शो रुपमा उपलब्ध हुनु नै यो मेलाको आकर्षण पक्ष हो ।