• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

भूकम्पमा बाबुआमा गुमाएका १० बालबालिकालाई एलएले नि:शुल्क पढाउने



काठमाडौं: एलए एजुकेसन ग्रुपका संस्थापक एवं पूर्वमन्त्री उमेश श्रेष्ठ र विद्या लिम्बुले जाजरकोट र रुकुम पश्चिमको भूकम्पमा परेर आमाबाबु दुबै गुमाएका १० जना बालबालिकालाई माध्यमिक तहसम्म नि:शुल्क पढाउने घोषणा गर्नु भएको छ ।

एक ट्विट गर्दैै उहाँहरुले जाजरकोट र रूकुम पश्चिममा गएको विनाशकारी भूकम्पले जनधनको ठूलो क्षति पुर्याएकोप्रति गहिरो दु:ख व्यक्त गर्नु भएको छ ।

उक्त घोषणामा आफूहरुले ५ छात्र र ५ छात्राका लागि उच्च माध्यमिक तहसम्म एलए ग्रुप अन्तर्गतका शिक्षण संस्थाहरूबाट आवासीय सुविधासहितको नि:शुल्क शिक्षा प्रदान गर्न न्यूनतम २ करोड रुपैयाँको छात्रवृत्ति उपलब्ध गराउने निर्णय लिएका छौं भन्नु भएको छ ।