१६ भाद्र २०८३, मंगलवार
,
Latest
कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन पोखरामा भोटेकोशी बाढीमा ज्यान गुमाएका १६ जनाको सनाखत, अन्य शवको व्यवस्थापन गरिँदै (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्पमा बाबुआमा गुमाएका १० बालबालिकालाई एलएले नि:शुल्क पढाउने



अ+ अ-

काठमाडौं: एलए एजुकेसन ग्रुपका संस्थापक एवं पूर्वमन्त्री उमेश श्रेष्ठ र विद्या लिम्बुले जाजरकोट र रुकुम पश्चिमको भूकम्पमा परेर आमाबाबु दुबै गुमाएका १० जना बालबालिकालाई माध्यमिक तहसम्म नि:शुल्क पढाउने घोषणा गर्नु भएको छ ।

एक ट्विट गर्दैै उहाँहरुले जाजरकोट र रूकुम पश्चिममा गएको विनाशकारी भूकम्पले जनधनको ठूलो क्षति पुर्याएकोप्रति गहिरो दु:ख व्यक्त गर्नु भएको छ ।

उक्त घोषणामा आफूहरुले ५ छात्र र ५ छात्राका लागि उच्च माध्यमिक तहसम्म एलए ग्रुप अन्तर्गतका शिक्षण संस्थाहरूबाट आवासीय सुविधासहितको नि:शुल्क शिक्षा प्रदान गर्न न्यूनतम २ करोड रुपैयाँको छात्रवृत्ति उपलब्ध गराउने निर्णय लिएका छौं भन्नु भएको छ ।