२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेडको कठिन जित, वेस्ट ह्याम विजयी



ब्रुनो फर्नान्डेस
अ+ अ-

इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा म्यान्चेस्टर युनाइटेडले फुलह्यामलाई संघर्षपूर्ण खेलमा १–० गोल अन्तरले पराजित गरेको छ ।

दुबै टिमबाट आक्रमण र प्रत्याक्रमण भए पनि खेलको निर्धारित समय ९० मिनेटसम्म गोल हुन सकेको थिएन ।

तर इन्जुरी समयमा डिबक्स रेखा नजिकबाट ब्रुनो फर्नान्डेसले एक सुन्दर सट प्रहार गरेर युनाइटेडलाई विजयी गराए । उनले प्रहार गरेको सट गोल रक्षकको हातलाई छोएर गोलपोस्टको दायाँतर्फको कुनाबाट जाली चुमेको थियो ।
यो जितसँगै म्यान्चेस्टरले ११ खेलबाट १८ अंक जोडेको छ र लिगमा छैटौं स्थानमा उक्लेको छ ।

यस सिजनमा पनि युनाइटेडको प्रदर्शन कमजोर भएको भन्दै प्रशिक्षक टेन हागको आलोचना हुन थालेको थियो । जितपछि प्रशिक्षक हाग खुसी देखिएका थिए ।

शनिबार नै सम्पन्न अर्को खेलमा वेस्टह्यामले ब्रेन्टफोर्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

वेस्टह्यामका लागि मोहम्मद कुडुस र जेरोड बाओनले गोल गरेका थिए भने ब्रेन्टफोर्डका लागि एक मात्र गोल निल मपेले गरेका थिए । जितसँगै वेस्टह्यामले ११ खेलबाट १७ अंक हासिल गरेको छ ।