२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट विश्वकप : न्युजील्यान्डको जितमा वर्षा बाधक, पाकिस्तानले जित्यो खेल



फखर जमान र बाबर अाजम
अ+ अ-

आइसिसी विश्वकप क्रिकेट अन्तर्गत शनिबार बेंगलोरमा सम्पन्न खेलमा न्युजील्यान्ड पाकिस्तानसँग पराजित भएको छ ।

वर्षाले खेल रोकिएसँगै पाकिस्तानले डकवर्थ लेविसका आधारमा २१ रनले विजयी भएर महत्वपूर्ण २ अंक हासिल गरेको छ । पाकिस्तानको जितमा पाकिस्तानी ब्याटर फखर जमानको धुँवाधार अविजित १२६ रन तथा कप्तान बाबर आजमको अविजित ६६ रन महत्वपूर्ण रह्यो । ८१ बल सामना गरेका फाखरले ११ छक्का र ८ चाैका प्रहार गरेका थिए ।

डकवर्थ लेविसका आधारमा पाकिस्तानलाई २५.३ ओभरमा १८० रन बनाउनु पर्ने भए पनि पाकिस्तानले एक विकेट गुमाएर २०० रन बनाएको थियो ।

न्युजील्यान्डले पहिले ब्याटिङ गर्दै पाकिस्तानसामु जितका लागि ४०२ रनको विशाल लक्ष्य दिएको थियो ।

न्युजील्यान्डका लागि युवा ब्याटर रचिन रबिन्द्रले १०८ रनको शतकीय पारि खेलेका थिए । यस विश्वकपमा यो उनको तेस्रो शतक हो ।

चोटका कारण यसअघिका खेल गुमाएका कप्तान केन विलियम्सनले पनि शानदार ब्याटिङ गर्दै ९५ रनको महत्वपूर्ण योगदान गरेका थिए ।

आजको खेल नजिते प्रतियोगिताबाटै बाहिरिने पाकिस्तानी टिमका कप्तान बाबर आजमले आज टस जितेर पहिले क्षेत्र रक्षण रोजेका थिए । उनका बलरले राम्रो बलिङ प्रदर्शन गर्न सकेका थिएनन् भने क्षेत्र रक्षण पनि फितलो थियो ।

आजको खेलपछि पाकिस्तानले आठ खेलबाट ८ अंक भएको छ, अंक तालिकामा पाँचौं स्थानमा छ । रन रेटका आधारमा समान ८ अंक भएका अस्ट्रेलिया र न्युजील्यान्ड तेस्रो र चौथो स्थानमा छन् । एजेन्सि