७ श्रावण २०८३, बिहीबार
,
Latest
संविधान ‘लिक’ बाहिर छ, अध्यादेशको व्यवस्था खारेज गर्नुपर्छ: वरिष्ठ अधिवक्ता भट्टराई पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते जैविक कृषि प्रवर्द्धन र निर्यातका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री साह कास्कीमा ‘अप्रेसन ३६५’, १८ मोटरसाइकल नियन्त्रणमा नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा कोशीमा ७४ प्रतिशत धान रोपाइँ विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ नेपाल श्रीलङ्कासँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिरोधका लागि शक्ति सञ्चय गर्दै नेपाल–खनाल समूह



अ+ अ-

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र निषेध गरेपछि नेपाल–खनाल पक्ष देशभर शक्ति सञ्चय गर्ने अभियानमा लागेको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्ष पार्टीभित्र संघर्ष जारी राख्नेगरी देशभर शक्ति सञ्चयमा लागेको हो ।

नेपाल खनाल पक्षले देशभर वडा तहसम्मै समानान्तर कमिटी गठन गर्दैछ । सो समूहले समानान्तर कमिटी गठन गर्दा नै सबै कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरेको छ । नेपाल खनाल पक्षले ओली पक्ष नवौँ महाधिवेशनको स्पिरिटअनुसार अघि नबढेको आरोप लगाएको छ ।

‘लोकतान्त्रिक अभ्यासका क्रममा नवौँ महाधिवेशनमा पुग्दा हामीले अलग–अलग प्यानल बनाएर केन्द्रीय कमिटी निर्वाचन गर्यौँ ।

महाधिवेशनले पारित गरेका कार्यदिशा र सिद्धान्तको पक्षमा रहेका प्रतिनिधिहरुको नेतृत्व नेपालले गरेको र अर्को पक्षबाट नेतृत्व गरेका ओलीले अध्यक्षमा जिते पनि सैद्धान्तिक नेता नेपाल भएकाले अब देशभर शक्ति सञ्चयमा लागिएको हो,’ नेपाल पक्षका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने । उनका अनुसार देशभर नै वडा तहसम्म संगठन निर्माण कार्य भइरहेको छ । नागरिक दैनिकमा समाचार छ ।