• २५ असार २०८१, मंगलवार
  •      Tue Jul 9 2024
  •   Unicode
Logo
Latest
★   प्रचण्डसँगको फोटो राख्दै बाबुराम भन्छन्– को कति मोटायो हेर्नुस् ? ★   पहिरोले अरनिको राजमार्ग अवरुद्ध ★   कान्तिपुर टीभीले हटायो ‘इट्स माइ सो’ को विवादित क्लिप ★   आज मंगलबार, भगवान गणेशको पूजा–आराधना गरी दिन शुभ बनाउनुस् ★   युरो कपको फाइनलमा पुग्न फ्रान्स र स्पेन भिड्दै ★   कांग्रेस–एमालेले सहमति : सार्वजनिक गर्न किन आनाकानी ? ★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते

एमालेद्वारा शुभकामना तथा चियापान कार्यक्रम स्थगन



काठमाडौँ । नेकपा (एमाले)ले आज दसैँ, तिहार, छठ र नेपाल संवत्मा राखेका शुभकामना कार्यक्रम स्थगित गरेको छ ।

एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले विभिन्न जिल्लामा पार्टीले आज राखेका शुभकामना आदानप्रदान तथा चियापानका सबै कार्यक्रम स्थगित गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।

उहाँले राहत र उद्धारको काममा केन्द्रित हुनपर्ने भएकाले पार्टीका तर्फबाट आयोजित शुभकामना कार्यक्रम स्थगन गरिएको बताउनुभयो ।

एमालेले विपत् र शोकको यस समयमा सुर्खेत, नेपालगञ्ज, काठमाडौँका पार्टीका कमिटीलाई उपचार, अस्पतालको व्यवस्थापन र घाइतेका लागि आवश्यक रगत सङ्कलनमा सहयोग गर्न आग्रह गरेको छ । रासस