२२ भाद्र २०८३, सोमबार
,
Latest
विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहत र पुनःस्थापनामा जुट्न पूर्बराष्ट्रपतिको आग्रह



अ+ अ-

काठमाडौं । पूर्बराष्ट्रपति बिद्यादेवी भण्डारीले भूकम्पमा कारण जाजरकोट र पश्चिम रुकुमलगायतका जिल्लामा भएका घाइतेहरुको राहत र उद्धारमा जुट्न आग्रह गर्नुभएको छ ।

पूर्बराष्ट्रपति भण्डारीलले आज जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ प्राकृतिक विपद्को यस दुस्खद् घडीमा भूकम्प प्रभावितहरूको खोज, उद्धार र राहतको तत्काल व्यवस्था गर्न संबद्ध निकायहरूका साथै स्यवंयसेवी संघसंस्थाहरूलाई हार्दिक आह्वान गर्दछु । साथै, त्यस क्षेत्रमा पराकम्पहरू गइरहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गर्दछु ।

उहाँले जाजरकोट र रुकुम पश्चिममा शुक्रबार राती गएको भूकम्पमा परी जन र धनको ठूलो क्षति भएको खबरबाट आफूमर्माहत भएको उल्लेख गर्दै भूकम्पमा परी अमुल्य जीवन गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । उहाँले
शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।