२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्र प्रस्थान



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गर्नुभएको छ ।

नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री दाहाल जाजरकोट प्रस्थान गर्नुभएको हो ।

गए राति पौने १२ बजे गएको भूकम्पले नलगाड नगरपालिका, रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा बढी क्षति भएको छ ।

भूकम्पमा परी दुई जिल्लामा ७० जना बढीले ज्यान गुमाइसकेका छन् ।