१० श्रावण २०८३, आईतवार
,
Latest
किसानको खेतमै पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको आग्रह मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी सुनचाँदीको मूल्य बढ्यो सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित ‘कालोपत्रे सडक निर्माणसँगै फेरियो घ्याङलेखवासीको दैनिकी’ सरकारलाई कुलमान घिसिङकाे प्रश्नः उद्योगको अर्बौं बक्यौता असुलीमा किन मौन? नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदैः तत्कालका लागि आकस्मिक सवारीलाई मात्र अनुमति वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत’ सैन्य कारबाहीको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युजिल्यान्डलाई ठूलो झट्का, प्रभावशाली बलर हेनरी विश्वकपबाटै बाहिर



अ+ अ-

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप २०२३ को आधा यात्रा सकिएको छ । भारतीय टोली विश्वकप २०२३ को सेमिफाइनलमा प्रवेश गरिसकेको अवस्थामा अन्य टोलीबीच संघर्ष जारी छ । यसैबीच न्युजिल्यान्ड टोलीलाई ठूलो धक्का लागेको छ ।

न्युजिल्यान्डका तिब्र गतिका बलर म्याट हेनरी चोटका कारण पूरै प्रतियोगिताबाट बाहिरिएका छन् । दक्षिण अफ्रिकाविरुद्धको पछिल्लो खेलमा ह्यामस्ट्रिङमा चोटका कारण उनी घाइते भएका थिए ।

यसपछि उनलाई थप खेल्न असम्भव भएको हो । उनको स्थानमा घातक फास्ट बलर काइल जेमिसनलाई टोलीमा समावेश गरिएको छ ।

न्युजिल्यान्ड क्रिकेट टोलीले विश्वकप २२३ मा उत्कृष्ट सुरुवात गरेको थियो । टोलीले लगातार चार खेल जितेको थियो तर धर्मशालामा भारतसँगको हारपछि उनको फर्म खस्किएको छ । टोलीले लगातार तीन खेलमा हार बेहोरेको छ ।