७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

पाथीभरामा बलिको विकल्प नरिवल

पाथीभरामा बलिको विकल्प नरिवल
file photo
अ+ अ-

फुङ्लिङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा विस्तारै बलि चढाउने प्रचलन कम हुँदै गएको छ । भक्तजनले खसीबोका बलि चढाउनुको साटो नरिवल चढाउन थालेका छन् ।

केही वर्षअघिसम्म दैनिक सयौँ पशुको बलि चढाउने गरिन्थ्यो । देवीलाई बलि चढाउँदा देवी खुसी हुने र आफूले चिताएका इच्छा, आकाङ्क्षा सबै पूरा हुने जनविश्वासले यहाँ आउने अधिकांश भक्तजनले पशुको बलि चढाउँथे । पाथीभराका पुजारी डिल्ली आचार्यका अनुसार पाथीभरा दर्शनको याम मानिने (बडादसैँ, रामनवमी)का समयमा कम्तीमा पाँच सयदेखि एक हजार पशुको बलि चढाउने गरिन्थ्यो । स्वदेश तथा विदेशबाट आएका तीर्थयात्रीले बलि चढाउन पशुपक्षी लिएर आउँथे ।

अहिले यो चलन क्रमश: घट्दै गएको छ । हिजोआज बिरलै मात्र पशु बलि दिने गरिएको छ । “पहिला यामका बेला दिनमै पाँच सयदेखि हजार–बाह्र सयसम्म पशु बलि चढाइन्थ्यो, तर अहिले बढीमा १५–२० बलि चढाइन्छन्, यसको सट्टामा भक्तजनले नरिवल फुटाएर पूजाआजा गर्ने, फलफूल चढाउने, लाखबत्ती बाल्ने चलन बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

बलि चढाउँदा पशुपक्षीको रगतले रगताम्य हुने मन्दिर परिसर पछिल्लो समयमा सुन्दर र सफा देख्न सकिन्छ । रगतका कारण हुने फोहर र दुर्गन्धमा कमी हुनुका साथै मन्दिर वरपरको भाग सफा र सुन्दर भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो ।

पछिल्लो समय प्राणीको हत्या नगरी धर्मकर्म गर्न सकिन्छ भन्ने चेतनाको विकासले पनि बलि प्रथा कम हुँदै गएको हो । प्रेम, सद्भाव र पुण्यको सन्देश दिने धर्मका नाममा हुने बलिप्रथा पूर्णरूपले निर्मूल हुनु नै राम्रो हुने भक्तजनको भनाइ छ । धर्मका नाममा निर्दोष पशुको बलिप्रथा अन्त्य गर्नुपर्छ भन्ने समाजमा आवाज उठ्न थालेकाले विस्तारै न्यूनीकरण हुँदै जाने कतिपयले बताउने गरेका छन् ।

पाथीभरामा बलिप्रथा

बलिप्रथा किन र कसरी सुरु भयो भन्ने विभिन्न तर्कहरू होलान् । तर पाथीभरामा बलि चढाउने प्रथाको सुरुआतबारे केही फरक तर्कहरू पाइन्छन् । देवीको उत्पत्तिबारे एउटा किंवदन्ती छ । किंवदन्तीअनुसार परापूर्वकालमा एउटा भेडीगोठ थियो । एकरात भेडा गोठबाट भेडाको सङ्ख्या हजारौँ भएकाले गोठाला पनि थुप्रै थिए । भेडीगोठलाई विभिन्न खर्क ९चरन क्षेत्र०मा सार्दै लैजाने क्रममा गोठालाले मन्दिर रहेको क्षेत्रमा पुर्याए । जुन बेला त्यहाँ देवी अवस्थित रहेको भन्ने गोठालालाई थाहा थिएन । पाथीभराको शिरमा भेडीगोठ लिएर पुगेका गोठाला गोठ बनाएर बास बसे । भोलिपल्ट बिहान उठेर हेर्दा गोठालाले एउटा पनि भेडा देखेनन् । साँझ जम्मा भएका भेडा एकाएक हराएको पाएपछि गोठाला अचम्ममा परे । उनीहरूले दिनभर भेडा खोजी गरे तर कुनै अत्तोपत्तो पाएनन् ।

दिनभर जङ्गल घुमेर खोजी गर्दा नभेटेपछि साँझ निराश हुँदै बासस्थानतर्फ फर्किएर सुते । राति सपनामा सबै गोठालामध्येका एकले साक्षात् कालीको रूप देखेछन् । सपनामै ती देवीले ‘तिमीहरू नआत्तिनु, मलाई भेडाको बलि दिनु, हराएका तिम्रा भेडा पाउनेछौँ र तिम्रो मनोकामना पनि पूरा हुनेछ’, भनिन् । देवीको यस्तो कुरा सुनेपछि गोठालाले पनि ‘हुन्छ, म तपाईँले भनेबमोजिम गर्छु’, भनेछ । त्यत्तिकैमा ती गोठाला निद्राबाट ब्यूँझिए । यसो हेर्दा आफ्ना हराएका सबै भेडा देखे । त्यसपछि गोठालाले भेडाको बलि दिएर त्यहाँ पूजाआजा गरी अन्यत्रै गोठ सारे ।

यसरी भएको घटना जताजतै फैलियो । त्यहाँ मानिस पूजाआजा गर्नका लागि जान थाले । गोठालालाई सपनामा देवीले भेडाको बलि दिनु भनेर भनेकाले सबैले बलि दिएर पूजाआजा गर्न थाले । महाकाली, भद्रकाली, सिद्धकाली, स्वेतकाली र रक्तकाली यी पाँचवटा रूप भएकी देवी भएकाले पञ्चकन्या भगवती देवीको रूपमा मान्ने गरिएको छ ।

पाथीभरामा बडादसैँ तथा नवरात्रको समयमा विशेष पूजाआजासहित बलि चढाउने परम्परा छ । पाथीभरा देवीले भक्तजनले चढाएको बलि स्नेहपूर्वक लिने जनविश्वास रहिआएको छ । तर दर्शनार्थीले बलि नै चढाउनुपर्छ भन्ने अनिवार्य छैन । पाथीभरामा यसरी पूजा गर्नुपर्छ भन्ने लिखित पद्धति पनि छैन । मौखिक आधारमा नै चलेको छ । चलिआएका दुई प्रकारका पद्धति छन् । भगवतीको पूजा गरेर चण्डी पाठ गर्ने, हवन गर्ने शास्त्रीय पद्धति र बलि दिएर पूजा गर्ने पद्धति चलिआएको पाइन्छ । पाथीभराको महत्व र पाथीभराप्रति राखिने आस्था र विश्वास वर्षौँ पहिलेजस्तो थियो अहिले पनि उस्तै छ । रासस