१० श्रावण २०८३, आईतवार
,
Latest
किसानको खेतमै पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको आग्रह मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी सुनचाँदीको मूल्य बढ्यो सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित ‘कालोपत्रे सडक निर्माणसँगै फेरियो घ्याङलेखवासीको दैनिकी’ सरकारलाई कुलमान घिसिङकाे प्रश्नः उद्योगको अर्बौं बक्यौता असुलीमा किन मौन? नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदैः तत्कालका लागि आकस्मिक सवारीलाई मात्र अनुमति वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत’ सैन्य कारबाहीको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

टि२० विश्वकपमा पुग्न नेपाल युएईसँग भिड्दै



अ+ अ-

काठमाडौँ । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेल अन्तर्गत नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ ।

घरेलु टोली नेपाल र युएईबीचको खेल बिहान ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । विजेता टोलीले २०२४ को टि२० विश्वकपमा स्थान बनाउनेछ ।

नेपालको लक्ष्य युएईलाई हराउँदै २०१४ पछि पहिलो पटक टि२० विश्वकप खेल्ने रहेको छ । नेपाल समूह ए को उपविजेता र युएई समूह बी को विजेता बन्दै सेमिफाइनलमा भिड्न लागेका हुन् ।

यसअघि नेपाल २०२१ को छनोटको निर्णायक खेलमा युएईसँग नै ६८ रनले पराजित हुँदै विश्वकप खेल्नबाट बन्चित भएको थियो । नेपाल त्यो हारको बदला लिँदै विश्वकप खेल्न चाहन्छ ।

नेपालले समूह चरणमा सिंगापुरलाई ८ विकेट, मलेसियालाई ६ विकेटले हराउँदा ओमानसँग भने पाँच रनले पराजित भएको थियो । यता, युएईले बहराइन र कुवेतलाई समान पाँच विकेटले हराएको थियो भने हङकङलाई २२ रनले पराजित गरेको थियो ।

नेपाल र युएईबीच टि२० आईमा ८ खेल भएका छन् । दुबै टोलीले चार–चार खेल जितेका छन् ।

यस्तै, आजको अर्को सेमिफाइनल खेल टियु क्रिकेट मैदानमा ओमान र बहराइनबीच हुनेछ ।

ओमान समूह ए को विजेता र बहराइन समूह बी को उपविजेता बन्दै सेमिफाइलन खेल्न लागेका हुन् । फाइनल खेल आइतबार बिहान ११ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।