२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

टि२० विश्वकपमा पुग्न नेपाल युएईसँग भिड्दै



अ+ अ-

काठमाडौँ । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेल अन्तर्गत नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ ।

घरेलु टोली नेपाल र युएईबीचको खेल बिहान ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । विजेता टोलीले २०२४ को टि२० विश्वकपमा स्थान बनाउनेछ ।

नेपालको लक्ष्य युएईलाई हराउँदै २०१४ पछि पहिलो पटक टि२० विश्वकप खेल्ने रहेको छ । नेपाल समूह ए को उपविजेता र युएई समूह बी को विजेता बन्दै सेमिफाइनलमा भिड्न लागेका हुन् ।

यसअघि नेपाल २०२१ को छनोटको निर्णायक खेलमा युएईसँग नै ६८ रनले पराजित हुँदै विश्वकप खेल्नबाट बन्चित भएको थियो । नेपाल त्यो हारको बदला लिँदै विश्वकप खेल्न चाहन्छ ।

नेपालले समूह चरणमा सिंगापुरलाई ८ विकेट, मलेसियालाई ६ विकेटले हराउँदा ओमानसँग भने पाँच रनले पराजित भएको थियो । यता, युएईले बहराइन र कुवेतलाई समान पाँच विकेटले हराएको थियो भने हङकङलाई २२ रनले पराजित गरेको थियो ।

नेपाल र युएईबीच टि२० आईमा ८ खेल भएका छन् । दुबै टोलीले चार–चार खेल जितेका छन् ।

यस्तै, आजको अर्को सेमिफाइनल खेल टियु क्रिकेट मैदानमा ओमान र बहराइनबीच हुनेछ ।

ओमान समूह ए को विजेता र बहराइन समूह बी को उपविजेता बन्दै सेमिफाइलन खेल्न लागेका हुन् । फाइनल खेल आइतबार बिहान ११ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।