• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   नेकपा एसको १०औँ राष्ट्रिय महाधिवेशन सुरु, अध्यक्ष नेपालले रिमोट चलाएर उद्घाटन गरे ★   भ्रष्टाचारलाई समााप्त गर्ने कुरामा प्रतिष्पर्धा गरौँः सम्मानित नेता खनाल ★   महिनाको १५ दिन पाँच तारे होटलमा खाना खाने नेताहरुले समाजवाद ल्याउन सक्दैनन्ः अध्यक्ष राउत ★   जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अफ्ठ्यारोमा पर्याेः सभापति लामिछाने ★   नेपालको राजनीतिक अवस्था जटिल मोडमा छः अध्यक्ष श्रेष्ठ ★   कमिसनतन्त्र र भ्रष्टाचार संघदेखि प्रदेशसम्मै बढेर गयोः अध्यक्ष यादव ★   संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण गर्न आवश्यकः देउवा ★   राप्रपा नेपालमा समाहित भयो नेपाल जनता पार्टी धिरेन्द्र झा समूह ★   मोनाली ठाकुरलाई कन्सर्टमा दुर्व्यवहार, दर्शकहरुमध्ये एक व्यक्तिले गोप्य अंगमा टिप्पणी गरे ★   बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पौडेल अर्थोपेडिक अस्पतालमा

टि२० विश्वकपमा पुग्न नेपाल युएईसँग भिड्दै



काठमाडौँ । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेल अन्तर्गत नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ ।

घरेलु टोली नेपाल र युएईबीचको खेल बिहान ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । विजेता टोलीले २०२४ को टि२० विश्वकपमा स्थान बनाउनेछ ।

नेपालको लक्ष्य युएईलाई हराउँदै २०१४ पछि पहिलो पटक टि२० विश्वकप खेल्ने रहेको छ । नेपाल समूह ए को उपविजेता र युएई समूह बी को विजेता बन्दै सेमिफाइनलमा भिड्न लागेका हुन् ।

यसअघि नेपाल २०२१ को छनोटको निर्णायक खेलमा युएईसँग नै ६८ रनले पराजित हुँदै विश्वकप खेल्नबाट बन्चित भएको थियो । नेपाल त्यो हारको बदला लिँदै विश्वकप खेल्न चाहन्छ ।

नेपालले समूह चरणमा सिंगापुरलाई ८ विकेट, मलेसियालाई ६ विकेटले हराउँदा ओमानसँग भने पाँच रनले पराजित भएको थियो । यता, युएईले बहराइन र कुवेतलाई समान पाँच विकेटले हराएको थियो भने हङकङलाई २२ रनले पराजित गरेको थियो ।

नेपाल र युएईबीच टि२० आईमा ८ खेल भएका छन् । दुबै टोलीले चार–चार खेल जितेका छन् ।

यस्तै, आजको अर्को सेमिफाइनल खेल टियु क्रिकेट मैदानमा ओमान र बहराइनबीच हुनेछ ।

ओमान समूह ए को विजेता र बहराइन समूह बी को उपविजेता बन्दै सेमिफाइलन खेल्न लागेका हुन् । फाइनल खेल आइतबार बिहान ११ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।