१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने बाढी प्रभावितको उद्धारमा ढिलाइ नगर्न कांग्रेसको आग्रह, सांसदको तलब सहयोग गर्ने निर्णय त्रिशूली–३ बीको सुरुङमा फसेकाको खोजी गर्न सेनाले खन्ने काम तीव्र पार्‍यो नेप्से परिसूचक ४३ अङ्कले घट्यो केरुङ नाका जोड्ने अवरुद्ध सडक खुलाउन उद्धारकर्मीको प्रयास तीव्र जलवायुजन्य विपद्को क्षतिपूर्ति विकसित देशले दिनुपर्छ: अध्यक्ष ओली रसुवा बाढी : नेपाली सेनाले ३३० जनाको उद्धार गर्‍यो, सुरुङमा खोजी जारी प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भेटवार्ता, बाढी प्रभावित क्षेत्रको उद्धार र राहतबारे छलफल राहत पुगेन भन्दै ओलीको सरकारप्रति असन्तुष्टि भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

माटोको भाँडामा पकाएको खाना स्वास्थ्यको लागि कति उत्तम ?



अ+ अ-

काठमाडौं । माटोको भाँडामा खाना पकाउने पुरानो चलन हो । तर आधुनिक बन्ने नाममा यसको मजाक बनाउने र गरिबीको प्रतिक मान्ने गर्दा यो चलन लोप नै भइसकेको छ ।

आदिम समयका उपलब्धिहरुलाई गलत ठान्ने प्रवृत्तिले गर्दा अहिले माटोको भाँडो पूजापाठमा मात्रै प्रयोग हुने अवस्था आएको छ । तर माटोको भाँडामा खाना पाकाएर खाँदा अनेक फाइदा हुने विज्ञानले समेत प्रमाणित गरेको छ ।

त्यसो त स्टिल वा अन्य धातुको भाँडा आगोको रापले छिट्टै तात्ने र खानामा भएको पोषकतत्व नष्ट गर्ने गर्छ । त्यसको तुलनामा माटोको भाँडा निक्कै कम तात्ने र बिस्तारै पाक्ने हुँदा खानाको पोषकतत्व कायम रहन्छ । यस्तै माटाका भाँडामा प्राकृतिक रुपमा नै अल्कलाइन हुने हुँदा यसले ग्यासको समस्या समेत हल गर्ने गर्छ । विशेष गरेर माटोको भाँडामा पकाएको भातले अझ बढी फाइदा पुग्छ ।

यसमा खाना पकाउँदा बहिरबाट छुँदा पोल्ने गरी तातो हुँदैन् । यसले गर्दा चामलमा हुने काब्र्स नजल्ने र शरीरमा इन्सुलिन बनाउन सहयोग गर्ने गर्छ । यसको विपरित स्टिल वा अन्य धातुमा पकाएको खानामा कार्वोहाइड्रेट जलेर साधारण काब्र्स वा स्टार्चमा परिणत गराइदिन्छ । धातु वा चिनियाँ माटोको भाँडामा पकाएको कतिपय खाद्यपदार्थ त विष समान नै हुने गरेका छन् ।

माटोको भाँडामा पकाएको खाना लगातार केही दिन खाएपछि आफैलाई नै यसको फाइदा बारे महसुस हुन्छ । यसले रोग प्रतिरोधी क्षमता समेत बढाउने गर्छ । (एजेन्सीको सहयोगमा)