७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

देश टाइटनिक डुबे जस्तै डुब्दैछ: सिके राउत

देश टाइटनिक डुबे जस्तै डुब्दैछ: सिके राउत
अ+ अ-

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले देश टाइटनिक बोट जस्तै डुबिरहेको बताउनुभएको छ ।

बिहीवारको प्रतिनिधि सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शीर्ष तहका नेताहरुले विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेको उल्लेख गर्नुभयो । उहाँले प्रतिशोध साँध्नका लागि सरकारबाट पक्राउ गर्नेकुरा राम्रो नभएको बताउनु भयो ।

उहाँले देशमा जनताका लागि लोकतन्त्र नभएको बताउनु भयो । उहाँले अध्याँरो कोठामा तीन जना नेताले गरेको निर्णयलाई सार्वभौम सत्ता सम्पन्न भन्न नसकिने बताउनु भयो । उहाँले चियापान समारोहमाम बोलाएर नयाँलाइ सक्ने भाषण दिनु ठूला दलको लाचारीपन भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एउटा जनप्रतिनिधि आवाज उठाउँदा पक्राउ पर्छ भने यो देशमा कहाँ छ लोकतन्त्र ? प्रतिशोध साँध्नका लागि सरकारबाट पक्राउ पर्छ कोही भने यो देशमा जनताका लागि कहाँ छ लोकतन्त्र ? सत्ता पक्षकै मान्यज्युको लागि यहाँ लोकतन्त्र छैन । आम जनताको लागि लोकतन्त्र कहाँ छ ? संशोधन के हुने ? कुन विधेयक पारित हुने त्यो त अध्याँरो कोठामा तीन जना नेताले गर्छन् । ती तीन नेता सार्वभौम सत्ता सम्पन्न भए की यो संसद ? यस्तै संसद चल्ने हो भने व्यवस्थामाथि प्रश्न गर्ने पर्याप्त आधार छन् ।’

‘३४ वर्षदेखि कहाँ पुगिसक्यो देश ? त्यो हेरेका छैनौँ । तर नयाँ शक्तिलाई लक्षित गर्छौं, चियापान समारोहमा बोलाउँछौँ र त्यहाँ भन्छाँै यी नयाँलाई त हामी भष्म पार्दिन्छौँ भन्छौँ कस्तो खालको आक्रोश हो ? आफू भित्र समीक्षा गर्न सक्नुहुन्न । जनताको आवाज उठेपछि त्यो सुन्नुपर्छ । जनतको कुरा उठेपछि बत्ती बल्छ, लामो भाषण गर्दा केही हुँदैन थियो । देश टाइटनिक डुबे जस्तै डुब्दैछ । यो डुबाउने चालकहरु नै हुन् । जसले विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेका छन् । आफू सुरक्षित रुपमा टाइटनिक बोटमा जोगिरहेका छन् ।’

अध्यक्ष राउतले संसद यसरी नै चलिरहे व्यवस्थामाथि प्रश्न गर्ने पर्याप्त आधार रहने बताउनु भयो ।