७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमानसँग नेपाल ५ रनले पराजित



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकप क्वालिफायरको समूह चरणको अन्तिम खेलमा ओमनले नेपाललाई ५ रनले हराएको छ । योसँगै समुह उपविजेता बनेको नेपालले समूह बी को विजेता र ओमानले समूह बी को उपविजेतासँग शुक्रबार सेमिफाइनल खेल्नेछन् ।

जितका लागि १४६ रनको सामान्य लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा अलआउट हुदै १४० रन बनायो । १६ ओभरमा ८५/८ को स्थितीमा रहेको नेपाललाई विवेक यादब र करण केसिले उत्कृष्ट साझेदारी गरे । विवेकले २४ बलमा ५ छक्का प्रहार गर्दै सर्वाधिक ३९ रन बनाए ।  लगातार तीन छक्का प्रहार गर्दै विवेकले नेपाललाई जित नजिक पुर्याएका थिए । नेपाललाई जितको लागि अन्तिम ६ बलमा २६ रन चाहिँएको थियो । विवेकले सुरुवाती दुई बलमा बिलाल खानलाई छक्का हानेपछि बाँकी चार बलमा १३ रन चाहिँएको थियो । तेस्रो बलमा पनि विवेकले छक्का हानेपछि खेल रोचक बनेको थियो ।

नेपाललाई जितको लागि तीन बलमा ७ रन चाहिँएको थियो । चौथो बलमा विवेक क्याच आउट भएका थिए । पाँचौं बलमा अभिनाश बोहराले एक रन लिए । अन्तिम बलमा नेपाललाई जितको लागि छक्का चाहिँदा स्ट्राइकमा रहेका करण लङअनमा क्याच आउट भएपछि नेपाल पराजित भएको थियो । करणले ११ बलमा एक छक्का र एक चौका प्रहार गर्दै १५ रन बनाए ।

नेपालको लागि ओपनर कुशल भुर्तेलले १८ बलमा एक चौका र तीन छक्का प्रहार गर्दै २६ रन बनाए । यस्तै, सोमपाल कामि, कुशल मल्ल र सन्दीप जोराले समान १२ रन बनाए । कुशल मल्लले १० रन बनाउदा ओपनर आसिफ शेख ५ र गुल्शन झाले तीन रन बनाए ।

ओमानका लागि विलाल खानले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । अकिब इलयास, सकिल अहमद र जिशान मकसुदले समान २ विकेट  लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो । ओमानका जिशान मकसुद सर्वाधिक ३२ रन बनाए । यस्तै, नसिम खुसीले २५ र आयन खानले १८ रन बनाउदा सकिल अहमद २२ रनमा नट आउट रहे ।

नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिएका थिए । सोमपाल कामीले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिदै टि२० आईमा ५० औं विकेट पूरा गरेका थिए । यस्तै, सन्दीप लामिछानेले २ विकेट र गुलशन झाले १ विकेट लिए ।