२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

घडीको सुइँ हेरेर देशले भोगिरहेको संकटबाट मुक्त हुन सकिन्न: राप्रपा प्रवक्ता श्रेष्ठ



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारले आजदेखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरू बिहान १० देखि अपरान्ह ४ बजेसम्म मात्रै खुलाउने भनी गरेको निर्णय अनुचित र गलत भएको जनाएको छ ।

राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले कार्यलय समय घटाउने सरकारको निर्णय अनुचित रहेको बताउनुभयो । उहाँले भन्नुभयो घडीको सुइॅ हेरेर देशले भोगिरहेको विद्यमान संकटबाट मुक्त हुन सकिन्न ।

श्रेष्ठले विभिन्न बहानामा दिइने अधिक सार्वजनिक बिदाको मार खेपिरहेको देशमा चिसो र दिन छोटो हुने अर्को बहानामा सरकारी कार्यालयको समय घटाएर ६ घण्टा मात्रै कायम गरिनु उपयुक्त नहुने भन्दै निर्णयमा पुनर्विचार गर्न आग्रह गर्नुभयो ।