काठमाडौँ । टी–२० विश्वकप क्वालिफायरको समूह चरणको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध खराब प्रदर्शन गरेको छ ।
जितका लागि १४६ रनको लक्ष्य पाएको नेपालले १२.४ ओभरमा छ विकेट गुमाउदै ७९ रन बनाएको छ । नेपालले छैठौँ विकेटमा गुल्शन झालाई गुमाएको छ । उनी ५ बलमा तीन रन बनाएर आउट भए ।
नेपालले यसअघि कुशल मल्ल, रोहित पौडेल, कुशल भुर्तेल, सोमपाल कामि र आसिफ शेखलाई गुमाएको थियो ।