२९ भाद्र २०८३, सोमबार
,
Latest
संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । टी–२० विश्वकप क्वालिफायरको समूह चरणको अन्तिम खेलमा ओमानले नेपाललाई जितका लागि १४६ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनायो ।

ओमानका जिशान मकसुद सर्वाधिक ३२ रन बनाए । यस्तै, नसिम खुसीले २५ र आयन खानले १८ रन बनाउदा सकिल अहमद २२ रनमा नट आउट रहे । ओमानका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । यससँगै सोमपालले टि२० आईमा ५० औं विकेट पूरा गरेका छन् । यस्तै, सन्दीप लामिछानेले २ विकेट र गुलशन झाले १ विकेट लिए ।

नेपालले केहिबेरमा जवाफि ब्याटिङ गर्नेछ ।