२२ मंसिर २०८२, सोमबार
,
Latest
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै: अर्थविद् नरबहादुर थापा स्वास्थ्य बिमाः अब काभ्रेका आठ अस्पतालबाट सेवा एनपीएलमा आज खेल नहुने, भोलि पहिलो क्वालिफायर ओमानको कला प्रदर्शनी मस्कटमा सम्पन्न मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो तोरीबारीबीच चम्किने हिमशृंखला-फोटो फिचर वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । टी–२० विश्वकप क्वालिफायरको समूह चरणको अन्तिम खेलमा ओमानले नेपाललाई जितका लागि १४६ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनायो ।

ओमानका जिशान मकसुद सर्वाधिक ३२ रन बनाए । यस्तै, नसिम खुसीले २५ र आयन खानले १८ रन बनाउदा सकिल अहमद २२ रनमा नट आउट रहे । ओमानका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । यससँगै सोमपालले टि२० आईमा ५० औं विकेट पूरा गरेका छन् । यस्तै, सन्दीप लामिछानेले २ विकेट र गुलशन झाले १ विकेट लिए ।

नेपालले केहिबेरमा जवाफि ब्याटिङ गर्नेछ ।