२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ वर्षको पहिलो दिन वैशाख १ गते, यी राशिहुनेको लागि आजको दिन एकदमै राम्रो ! हेर्नुहोस् राशिफल



अ+ अ-

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । धार्मिक क्षेत्रमा राम्रो सफलता मिल्न सक्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ): आजबाट नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ): आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार भने सामान्य नै हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ): आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । लाभदायक र फाइदा मूलक योजना बनिनेछन् ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ): आज रोकिएका महत्त्वपूर्ण कामको थालनी हुनसक्छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ): आज कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । पारिवारिक साथ सहयोग मिल्ने देखिन्छ । पारिवारिक जमघटको वातावरण बन्ला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ): आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ, तर धार्मिक तथा रमाइलो यात्राको योग पनि छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ): आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आर्थिक कारोबार भने कमजोर रहनसक्छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ): मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झनुपर्नेछ । क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ): आज राजनैतिक तथा समाजसेवामा मन लाग्नेछ । भाग्यले विभिन्न अवसर पनि जुराउनेछ । रमाइलो र यादगार यात्रा पनि हुनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ): आज सहकर्मीबाट विरोध आउन सक्छ । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । साँझमा मन प्रसन्न रहनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ): आज जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउने र धर्मकर्ममा मन जानेछ । अधुरो या नयाँ कार्यको थालनी पनि हुनेछ । हाम्रो पात्रो