२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली पक्षको निष्कर्षः नेपाल समूहसँग एकताको सम्भावना सकियो



अ+ अ-

काठमाडौं । एमाले संस्थापन पक्षलाई चुनौती दिँदै समानान्तर समिति गठन गरिरहेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहसँग एकताको सम्भावना करिबकरिब सकिएको अध्यक्ष केपी ओली पक्षले जनाएको छ। पार्टीभित्र आन्तरिक संघर्षमा जुटेको खनाल–नेपाल पक्षका पछिल्ला अभिव्यक्ति र गतिविधिले गर्दा एकता कायम राख्नुको औचित्य नभएको र त्यसको सम्भावना पनि टरेको निष्कर्ष ओली समूहले निकालेको छ।

‘माधव नेपालले पछिल्लो समयमा जुन अभिव्यक्ति दिनुभएको छ, त्यसले पार्टी एकता कायम रहन्छ भन्ने सोच्न पनि सकिन्न, उहाँकै कारण हजारौं नेता कार्यकर्ताको राजनीतिक भविष्य अन्योलमा पर्दैछ’, ओली पक्षका एक प्रभावशाली नेताले भने। उनका अनुसार पार्टी एकताको पक्षमा धेरै काम गरिए पनि नेपाल पक्षका नेताले पछिल्ला दिनमा जेजस्ता गतिविधि गरेका छन्, त्यो विल्कुलै पार्टी हितविपरीत भएकाले अध्यक्ष ओलीले आन्तरिक छलफलमा सहकार्य असम्भव जस्तै रहेको बताउन थालेका छन्। यसबाट एमाले मिलाउनुपर्छ भनेर लागेका दुवै पक्षका सम्पर्क सूत्र पनि निराश भएका छन्। ‘

'माधव नेपाल र केपी शर्मा ओली मिलेमा कम्युनिस्ट आन्दोलनले एउटा उचाइ लिन्छ, त्यसका लागि पहिलो चरणमा एमाले एकताबद्ध हुनु आवश्यक छ’, बालुवाटार र कोटेश्वरबीच सम्पर्क सूत्रको काम गरिरहेका एक नेताले भने। एकताका लागि गरिएका कोसिस असफल हुँदै गएपछि दुवैतिरका सम्पर्क सूत्र दुई७लमबकजसतीन दिनयता निराश देखिएका छन्। नेपाल पक्षले समानान्तर कमिटी बनाउन थालेपछि उनी पक्षका र ओली पक्षका अत्यन्त विश्वासपात्रको रूपमा रहेका नेताहरूले दुवैतिर सम्पर्क सूत्रको काम गर्दै आएका थिए। नागरिक दैनिकमा समाचार छ ।