७ श्रावण २०८३, बिहीबार
,
Latest
संविधान ‘लिक’ बाहिर छ, अध्यादेशको व्यवस्था खारेज गर्नुपर्छ: वरिष्ठ अधिवक्ता भट्टराई पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते जैविक कृषि प्रवर्द्धन र निर्यातका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री साह कास्कीमा ‘अप्रेसन ३६५’, १८ मोटरसाइकल नियन्त्रणमा नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा कोशीमा ७४ प्रतिशत धान रोपाइँ विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ नेपाल श्रीलङ्कासँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोपको दोस्रो डोज : कसले कुन मितिमा लगाउन पाउँछन् ? हेर्नुहोस्



अ+ अ-

काठमाडौं । कारोनाविरुद्धको खोपको पहिलो मात्रा लगाइसकेका नागरिकले दोस्रो मात्रा २०७८ वैशाख ७ देखि ११ गतेसम्म लगाउन पाउने भएका छन् । नेपालमा भारत सरकारको सहयोगमा २०७७ माघ ८ गते पहिलोपटक १० लाख डोज खोप भित्रिएसँगै माघ १४ देखि फागुन १० गतेसम्म खोपको पहिलो मात्रा लगाइएको थियो। खोपको पहिलो मात्रा लगाएको मितिअनुसार दोस्रो मात्राका लागि मिति तोकिएको छ । 

गत माघ १४, १५, १६, १७ र २६ गते खोप लगाएकालाई दोस्रो मात्राको खोप लगाउने मिति वैशाख ७ गते तोकिएको छ । त्यसै गरी, माघ १८, १९, २०, २१ र २७ मा पहिलो खोप लगाउनेले वैशाख ८ गते, माघ २२, २३, २४, २८ र फागुन २ गते लगाएकाले वैशाख ९ गते दोस्रो मात्राको खोप लगाउन पाउने भएका छन् । 

माघ २९, फागुन ३, ४, ५ र ६ गते खोप लगाउनेको पालो वैशाख १० मा राखिएको छ । माघ ३० र फागुन ७, ८, ९ र १० मा पहिलो मात्रा खोप लगाएकाहरूले वैशाख ११ गते दोस्रो मात्रा पाउनेछन्। कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउने समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको छ । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।