७ श्रावण २०८३, बिहीबार
,
Latest
संविधान ‘लिक’ बाहिर छ, अध्यादेशको व्यवस्था खारेज गर्नुपर्छ: वरिष्ठ अधिवक्ता भट्टराई पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते जैविक कृषि प्रवर्द्धन र निर्यातका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री साह कास्कीमा ‘अप्रेसन ३६५’, १८ मोटरसाइकल नियन्त्रणमा नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा कोशीमा ७४ प्रतिशत धान रोपाइँ विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ नेपाल श्रीलङ्कासँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिभावकले बच्चाहरुलाई स्कूल पठाउन छाडे, कतिले आफैं विद्यालय बन्द गरे



अ+ अ-

काठमाडौं । आफ्ना विद्यार्थीलाई कोरोना संक्रमणबाट जोगाउन काठमाडौंको कलंकीस्थित एलआरआई स्कुलले मंगलबारदेखि नियमित कक्षा बन्द गरेको छ । स्कुलले सूचना जारी गर्दै भनेको छ, ‘कोरानो महामारीमा सरकारलाई हामी सघाउन चाहन्छौं । अर्को सूचना जारी नभएसम्म विद्यालय बन्द भएको जानकारी गराइन्छ ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिना विद्यालय बन्द गर्न सिफारिस गरे पनि सीसीएमसी र मन्त्रिपरिषद्ले कुनै निर्णय नगरेपछि विद्यालय सञ्चालक आफैंले पठनपाठन स्थगन गर्न थालेका हुन् ।

कोरोनाकै कारण मध्यपुर थिमी नगरपालिकाको एक निजी विद्यालयमा ६ कक्षामा पढ्ने ११ वर्षीय बालकको कान्ति बाल अस्पतालमा शनिबार मृत्यु भइसकेको छ । विद्यार्थीको मृत्युपछि एक दिन बिदा दिए पनि त्यहाँ कक्षा चलिरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार पनि ४८ जना बालबालिकालाई कोरोना देखिएको छ । जसमा पर्साका मात्रै १० जना छन् । मंगलबार दुई वर्षीया बालिकामा समेत कोरोना पाइएको छ । चैत १४ यता मात्रै ३ सय ५० भन्दा बढी बालबालिका संक्रमित भइसकेका छन् ।

बिरामी भएका बच्चा मात्रै पीसीआर परीक्षणका लागि जाने गरे पनि संक्रमितको संख्या धेरै देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इढीसीसी) का निर्देशक डा। कृष्णप्रसाद पौडलले बताए । मंगलबार ५ सय १७ जना (एन्टिजेन परीक्षणसहित) लाई कोरोना पोजेटिभ देखिएकोमा ४८ जना १८ वर्षभन्दा मुनिका छन् । कान्तिपुर दैनिकमा मकर श्रेष्ठले लेखेका छन् ।