२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब सलमानले अमितलाई आफ्नो साइकल उपहार दिए



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता अमित साध वेब सिरिज ‘दुरंगा–२’ को कारण चर्चामा छन् । उनले ‘काई पो चे’, सुल्तान, सुपर ३० जस्ता हिट फिल्ममा काम गरिसकेका छन् ।

अमितले ओटीटी क्षेत्रमा पनि आफ्नो दमदार अभिनयले दर्शकको मनमा ठाउँ बनाएका छन् । हालै उनले बलिउडका ‘दबंग’ सलमान खानसँग जोडिएको एउटा हृदयस्पर्शी किस्सा सेयर गरेका छन् ।

मिडियालाई दिएको एक अन्तर्वार्तामा अमित साधले ईद मनाउने क्रममा सलमान खानसँग जोडिएको एउटा रोचक घटना सेयर गरेका छन् । ‘सुल्तान’ फिल्ममा सँगै काम गरेपछि सलमानले उनलाई ईद मनाउन निम्तो दिएको अभिनेताले बताए । अमितले अगाडि भने कि सलमानले उनलाई लामो समयसम्म बस्ने जिद्दी गरेका थिए, किनभने उनको लागि एउटा सरप्राइज थियो ।

अमितले सुटिङको कारणले कार्यक्रम छाड्न आग्रह गरे पनि सलमान खानले जान नदिएको बताए । बिहान करिब ५ः३० बजेसम्म सलमान खानले उनीसँग कुरा गरिरहे र अमितको साइकल चलाउने रुचिको बारेमा थाहा पाएपछि सलमानले उनलाई आफ्नो साइकल उपहार दिए र भने कि ‘यो तिम्रो हो’ । अमितले शेरवानी लगाएर सलमान खानको साइकलमा घर गएको बताए ।