९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदमा बंगलादेशकी साइमा चयन



अ+ अ-

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदमा बंगलादेशकी साइमा बाजेद चयन हुनु भएको छ ।

नयाँदिल्लीमा बसेको क्षेत्रीय कमिटीको बैठकले बंगलादेशकी राष्ट्रपति शेख हसिनाकी छोरी साइमा बाजेदलाई चयन गरेको हो । यो पदका लागि नेपालका शम्भुप्रसाद आचार्य पनि उम्मेदवार रहनु भएको थियो ।

भारतको नयाँ दिल्लीमा आज अपराह्न भएको चुनावमा नेपालका तर्फबाट उम्मेदवार रहेका शम्भुप्रसाद आचार्यले कुल १० मत खसेकोमा २ मत प्राप्त गर्नुभयो ।

आचार्यको प्रतिस्पर्धी बङ्गलादेशका उम्मेदवार प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा बाजेदले ८ मत प्राप्त गरी क्षेत्रीय निर्देशक पदमा विजयी भएकी छिन्। गोप्य मतदानमा यो क्षेत्रमा पर्ने राष्ट्रका स्वास्थ्यमन्त्रीहरुले भाग लिएका थिए।

डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर लिस्टे गरी ११ देश सदस्य छन् ।