२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच वटा संसदीय समितिको बैठक बस्दै



अ+ अ-

आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ । बैठकमा नेपालमा उत्पादित सुपारी विदेश निर्यात गर्ने सम्बन्धी समस्याका सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै महिला तथा सामाजिक मामिला समितिको बैठकमा बाल सुधार गृहहरुको अनुगमन सम्बन्धमा छलफल हुनेछ ।

संसद सचिवालयका अनुसार, बिहान ११ बजे नै बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निर्वाचन आयोगका कामकारवाहीका सम्बन्धमा छलफल हुनेछ ।

यसैगरी, संसदीय सुनुवाई समितिको बैठकमा प्रस्तावित राजदुतको सुनुवाइ प्रक्रिया प्रारम्भ गर्ने कार्यसूची रहेको छ भने विधायन व्यवस्थापन समितिको बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ ।