४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदी अरेबियाले २०३४ को फिफा विश्वकप आयोजना गर्ने पक्का



अ+ अ-

एजेन्सी । साउदी अरेबियाले सन् २०३४ को पुरुष विश्वकप फुटबल प्रतियोगिता गर्ने पक्का भएको छ । अस्ट्रेलियाले प्रतियोगिता आयोजना गर्न प्रस्ताव नगर्ने निर्णय गरेपछि साउदी अरेबियाले २०३४ को पुरुष विश्वकप फुटबल आयोजना गर्ने पक्का भएको बीबीसीले जनाएको छ ।

आयोजकको दाबी पेस गर्ने समय चार घण्टाभन्दा कम रहेको अवस्थामा फुटबल अस्ट्रेलियाले प्रतियोगिता आयोजना गर्ने प्रस्ताव नगर्ने निर्णय गरेको हो । यसर्थ सन् २०३४ को विश्वकप आयोजकको दाबी गर्ने साउदी अरेबिया मात्रै एक्लो देश बनेको छ ।

सन् २०२६ को विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा हुनेछ । मोरक्को, पोर्चुगल र स्पेनले सन् २०३० को विश्वकपको आयोजना गर्नेछन् जसमा केही खेल अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा पनि हुनेछ ।

फिफाले सन् २०३४ को विश्वकप एसिया वा ओसिनियामा हुने बताएको थियो र अस्ट्रेलियाको बोलीलाई साउदी अरेबियाको एक मात्र सम्भावित चुनौतीको रूपमा मानिएको थियो । तर उसले आयोजनाको प्रस्ताव नै नगरेपछि साउदीमै विश्वकप हुने पक्का भएको हो ।

यद्यपि, महिला अधिकार हनन, समलैङ्गिकताको अपराधीकरण, अभिव्यक्ति स्वतन्त्रताको प्रतिबन्ध लगायतका कारण अमेरिका र युरोपेली देशले साउदी अरेबियालाई आयोजनाको अधिकार दिने निर्णय सोचनीय रहेको बताइसकेका छन् ।