३१ भाद्र २०८३, बुधबार
,
Latest
काठमाडौं उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री, सञ्चय नगर्न विभागको आग्रह संक्रामक पशु रोग नियन्त्रण विधेयकमा २४ दफामा संशोधन, क्षतिपूर्ति कोषको व्यवस्था मन्त्रिपरिषद् बैठक जारी सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस् तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी भोटेकोशी बाढीपीडितलाई विद्युत् महसुलमा तत्काल सहुलियत
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिजवानको चाहना – कोहलीले आफ्नो जन्मदिनमा ४९ औं शतक लगाउन्



अ+ अ-

एजेन्सी । भारतीय टोलीका स्टार ब्याट्सम्यान विराट कोहलीले नोभेम्बर ५ मा आफ्नो ३५ औं जन्मदिन मनाउँदै छन् । भारतीय टोलीले सोही दिन कोलकाताको इडेन गार्डेनमा दक्षिण अफ्रिकासँग विश्वकपको लिग खेल खेल्नेछ ।

यसैबीच, पाकिस्तानका विकेटकिपर/ब्याट्सम्यान मोहम्मद रिजवानले कोहलीले शतक बनाएर आफ्नो जन्मदिन विशेष बनाएको हेर्न चाहेको बताएका छन् ।

रिजवानले नोभेम्बर ५ मा विराट कोहलीले आफ्नो एकदिवसीय करियरको ४९ औं शतक बनाउने आशा राखेको बताएका छन् ।

बंगलादेशविरुद्धको खेलअघि आज तकसँगको कुराकानीमा रिजवानले भने, ‘नोभेम्बर ५ कोहलीको जन्मदिन हो भन्ने थाहा पाउँदा राम्रो लाग्यो । उनलाई जन्मदिनको शुभकामना व्यक्त गर्दछु । यद्यपि, म मेरो जन्मदिन मनाउँदिन । म विराट कोहलीलाई बधाई दिन्छु । मलाई आशा छ कि उनले आफ्नो जन्मदिनमा आफ्नो ४९ औं ओडीआई शतक बनाउनेछन् । म पनि उसले यो विश्वकपमा आफ्नो ५० औं ओडीआई शतक बनाएको हेर्न चाहन्छु ।’

भारतीय टोलीले सबै ६ खेल जितेको छ भने पाकिस्तान सेमिफाइनलको दौडबाट बाहिरिने खतरामा छ । बाबर आजमको कप्तानीमा रहेको पाकिस्तानलाई अन्तिम ४ मा पुग्नका लागि बाँकी सबै खेल जित्नुपर्नेछ र उसलाई भाग्यको पनि साथ चाहिन्छ ।