२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेनुमा बिरयानी नभएपछि पाकिस्तानी टोलीले खाना खान अस्वीकार गर्यो !



अ+ अ-

एजेन्सी । पाकिस्तानी क्रिकेट टोलीको बिरयानीको प्रेमले २०२३ को विश्वकपमा निकै चर्चा पाइरहेको छ । प्रतियोगिताबाट बाहिरिने संघारमा रहेको टोलीले चर्को आलोचना खेप्दै आए पनि खेलाडीको बिरयानीप्रतिको माया भने घटेको देखिँदैन ।

यसैबीच, पाकिस्तानी टोलीले होटलमा डिनर गर्न अस्वीकार गर्‍यो किनभने बिरयानी मेनुमा समावेश थिएन । पाकिस्तानी क्रिकेट टोलीले खाना वितरण एप मार्फत चाप, फिरनी, कबाब, शाही टुकडा र बिरयानी अर्डर गरेको थियो ।

यस विषयमा टोलीबाट भने कुनै प्रतिक्रिया आएको छैन । क्रिकेट टिम २ दिनअघि कोलकाता पुगेको थियो, जहाँ उसले आज बंगलादेशसँग खेल खेल्ने छ ।

यसअघि टोलीले हैदराबादी बिरयानीको मजा लिएको थियो । टोलीले त्यहाँ अभ्यास खेल खेलेको थियो र नेदरल्यान्ड्स र श्रीलंकामाथि दुई खेल जितेको थियो ।

विश्वकप सुरु हुनुअघि पाकिस्तानी टोलीका अलराउन्डर शादाब खानले खराब फिल्डिङको एउटा कारण बिरयानी रहेको बताएका थिए । अभ्यास खेलमा अस्ट्रेलियासँग हारेपछि कमेन्टेटर हर्षा भोगलेले शादाबलाई हैदरावादी बिरयानीबारे सोध्दा उनले भने, ‘हामी दैनिक हैदरावादी बिरयानी खाइरहेका छौं, त्यसैले मैदानमा अलि ढिलो हुँदैछौं ।’