५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेनुमा बिरयानी नभएपछि पाकिस्तानी टोलीले खाना खान अस्वीकार गर्यो !



अ+ अ-

एजेन्सी । पाकिस्तानी क्रिकेट टोलीको बिरयानीको प्रेमले २०२३ को विश्वकपमा निकै चर्चा पाइरहेको छ । प्रतियोगिताबाट बाहिरिने संघारमा रहेको टोलीले चर्को आलोचना खेप्दै आए पनि खेलाडीको बिरयानीप्रतिको माया भने घटेको देखिँदैन ।

यसैबीच, पाकिस्तानी टोलीले होटलमा डिनर गर्न अस्वीकार गर्‍यो किनभने बिरयानी मेनुमा समावेश थिएन । पाकिस्तानी क्रिकेट टोलीले खाना वितरण एप मार्फत चाप, फिरनी, कबाब, शाही टुकडा र बिरयानी अर्डर गरेको थियो ।

यस विषयमा टोलीबाट भने कुनै प्रतिक्रिया आएको छैन । क्रिकेट टिम २ दिनअघि कोलकाता पुगेको थियो, जहाँ उसले आज बंगलादेशसँग खेल खेल्ने छ ।

यसअघि टोलीले हैदराबादी बिरयानीको मजा लिएको थियो । टोलीले त्यहाँ अभ्यास खेल खेलेको थियो र नेदरल्यान्ड्स र श्रीलंकामाथि दुई खेल जितेको थियो ।

विश्वकप सुरु हुनुअघि पाकिस्तानी टोलीका अलराउन्डर शादाब खानले खराब फिल्डिङको एउटा कारण बिरयानी रहेको बताएका थिए । अभ्यास खेलमा अस्ट्रेलियासँग हारेपछि कमेन्टेटर हर्षा भोगलेले शादाबलाई हैदरावादी बिरयानीबारे सोध्दा उनले भने, ‘हामी दैनिक हैदरावादी बिरयानी खाइरहेका छौं, त्यसैले मैदानमा अलि ढिलो हुँदैछौं ।’