४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

जब किस्ट अस्पतालको टोली विरामीको डेरामा पुग्यो……

जब किस्ट अस्पतालको टोली विरामीको डेरामा पुग्यो……
अ+ अ-

काठमाण्डौ । धेरैजनालाई विरामीको उपचार गरेपछि अस्पताललाई तिर्नपर्ने शुल्क नतिरेको कारण पैसा उठाउन अस्पतालको टोली विरामीको कोठामा पुगेको भान पर्नसक्छ । त्यो अनुमान स्वाभाविक पनि हो ।

तर किस्ट मेडिकल कलेज शिक्षण अस्पतालको टोली विरामीको डेरामा त्यसका लागि पुगेको भने होइन् । आइतबार एकाएक अस्पतालको टोली डेरामा पुग्दा घरबेटी समेत छक्क परेका थिए ।

नेपालको स्वास्थ्य क्षेत्रको इतिहासमै पहिलोपल्ट ‘एकैचोटी एकै व्यक्तिमा’ कलेजो र मिर्गाैलाको प्रत्यारोपण गर्न सफल भएको किस्ट मेडिकल कलेज शिक्षण अस्पताल ग्वार्काे, ललितपुरको जनस्वास्थ्य टोली विरामीलाई डिस्चार्ज गर्नुअघि विरामीको डेरामा पुगेको थियोे ।

मिर्गाैला र कलेजो सफल प्रत्यारोपण गरिएकी भरतपुरकी ३३ वर्षिया सोनाकुमारी थापा भुजेलको स्वास्थ्य अवस्था सामान्य भएर २१ दिनपछि अस्पतालबाट डिस्चार्ज गर्नुअघि विरामी बस्ने डेराको अवस्थाबारे बुझ्न अस्पतालको टोली डेरामा गएको हो ।

अंग प्रत्यारोपण गरिएको व्यक्तिलाई अन्य रोगको संक्रमण हुनबाट जोगाउन उत्तिकै सावधानी अपनाउनुपर्ने भएकोले अस्पतालबाट डिस्चार्ज भएपछि उनी बस्ने डेराको भौतिक र वातावरणीय अवस्था बुझ्न र उनलाई रेखदेख र स्याहार सुसार गर्ने तरीका अभिभावकलाई सिकाउन अस्पतालको टोली विरामीकोे डेरामा पठाइएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अमिश पाठकले बताए ।

सो डेरामा कलेजो र मिर्गाैला एकैचोटी प्रत्यारोपण गरिएकी सोनाकुमारी मात्रै नभई उनलाई कलेजो दिने श्रीमान निरचन्द्र भुजेल र मिर्गाैला दिने भाउजु मञ्जुकुमारी क्षेत्री जिसी पनि बस्छन् ।

बुद्धनगर, बानेश्वरस्थित सोना कुमारीको डेरा (फ्ल्याट) को भौतिक अवस्था बुझ्न किस्ट अस्पतालको प्रत्यारोपण संयोजक सुस्मिता श्रेष्ठको नेतृत्वमा रोग संक्रमण रोकथाम अधिकृत मन्जिल पोखरेल र हाउस किपिङ्ग तथा जीवाणु नियन्त्रण सुपरभाइजर प्रदिप मिश्र त्यहाँ गएका थिए ।

टोलीले विरामी बस्ने डेराको भान्छा कोठाको सरसफाई, खानेकुरा र खानेपानी, विरामीले प्रयोग गर्ने शौचालय र त्यसको सरसफाई, सुत्ने कोठाको अवस्था, बस्ने कोठाको वरिपरिको वातावरणबारे जानकारी लिएर विरामीलाई स्याहार सुसार र रेखदेख गर्ने अभिभावक (विरामीको सासुआमा) लाई त्यसबारे प्रशिक्षण दिएर फर्केको थियो । दुई महिनासम्म विरामीलाई उनकी सासुआमाले मास्क लगाएर मात्र भेट्न सक्छिन भने अन्य व्यक्तिलाई विरामीको छेउमा जान अनुमति छैन ।

२०७७ साल फागुनमा नेपाल सरकारबाट अंग प्रत्यारोपणको स्विकृति पाएको दुईवर्षको अवधिमा १ सय १५ वटा मिर्गौला र एउटा कलेजो प्रत्यारोपण गर्न सफल भईसकेको किस्ट मेडिकल कलेज शिक्षण अस्पतालले पहिलोपटक गत असोज २२ गते एकैपटक एकैव्यक्तिमा मिर्गाैला र कलेजो प्रत्यारोपण गर्न सफल भएर नेपालमा नयाँ इतिहास रचेको हो ।

भारतको नयाँदिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालका अंग प्रत्यारोपण विशेषज्ञको सहकार्यमा किस्ट मेडिकल कलेज शिक्षण अस्पतालका अंग प्रत्यरोपण विशेषज्ञको टोलीले एकै व्यक्तिमा एकैपटक कलेजो र मिर्गाैला प्रत्यारोपण गरिएको र सो सफल भएको अस्पतालका निर्देशक प्रा.डा.सुरज बज्राचार्यले बताए । ‘अब हामी (किस्ट अस्पताल) कलेजो र मिर्गाैला प्रत्यारोपण गर्न सक्षम भएका छौं’—उनले भने ।

सोनाकुमारीलाई मिर्गाैला दिने भाउजु मञ्जुकुमारी ७ दिनपछि र कलेजो दिने श्रीमान निरचन्द्र १३ दिनपछि किस्ट अस्पतालबाट डिस्चार्ज भई डेरामा फर्किसकेका थिए भने कलेजो र मिर्गाैला ग्रहणकर्ता सोनाकुमारी अस्पतालमा २१ दिनको बसाईपछि कात्तिक १२ गते आइतबार डिस्चार्ज भएकी थिइन् ।