२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपेन्द्रले विश्वकप छनोट गुमाउने सम्भावना



अ+ अ-

काठमाडौं । टि-२० विश्वकपमा पुग्नुअघि नेपाली क्रिकेट टीमलाई ठूलो धक्का परेको छ । टीमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले जारी टि-२० विश्वकप एसिया छनोटको सबै खेल गुमाउने सम्भावना उच्च बनेको छ । दीपेन्द्र सोमबार बिहान सिंगापुरविरुद्ध खेल्नुअघि अभ्यासको क्रममा घाईते भएका थिए ।

बायाँ खुट्टाको एंकलमा चोट लागेपछि उनले सिंगापुरविरुद्धको पहिलो खेल गुमाएका थिए । उनी मैदानमा उत्रन असमर्थ भएपछि नेपालले उनको स्थानमा स्थानमा विवेक यादवलाई खेलाएको थियो ।

प्रतियोगिताको अवधि एक हप्ता ( कार्तिक १३ देखी १९ सम्म) मात्रै भएकाले दीपेन्द्रले पूरा प्रतियोगिता गुमाउने उच्च सम्भावना छ ।दीपेन्द्र ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रका अनुभबी खेलाडि हुन्।

दीपेन्द्रले नेपालको लागि ५२ टि-२० आई खेलेका छन् । जसमा उनले १ शतक र ७ अर्धशतकसहित कुल १ हजार ३ सय ४४ रन बनाएका छन् । साथै उनले २५ विकेट पनि लिएका छन् ।

टोलीका प्रमुख अफ स्पिनर समेत रहेका दीपेन्द्रले नेपालबाट पाँचौं नम्बरमा खेल्दै फिनिसरको भूमिका निर्वाह गर्थे। उनी नहुँदा नेपाललाई ठूलो झड्का लाग्ने देखिन्छ । त्रिकोणात्मक टि-२० आई सिरिजमा उनले उच्च प्रदर्शन गरेका थिए । यस्तै, एसियन खेलकुदमा उनले मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक प्रहार गरी विश्व रेकर्ड बनाएका थिए ।

नेपालले आज भएको पहिलो खेलमा सिंगापुरलाई आठ विकेटले हराएको थियो । अब नेपालले दोस्रो खेल मंगलबार मलेसियासँग खेल्नेछ ।