२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी: सांसद सुवाल



अ+ अ-

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीको सम्पतीको सीमाङ्कन गर्ने र विदेशमा सम्पती राख्न नपाउने व्यवस्था गर्न जरुरी रहेको बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले पनि नेपालीहरुको विदेशमा सम्पती भएको खबर बाहिर आएको भन्दै उहाँले नेपालीको सम्पतीको सीमाङ्कन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालीलाई योग्यताअनुसारको काम र कामअनुसारको ज्याला पाउने बन्दोबस्त गर्नुपर्ने बताउनु भयो । उहाँले देशको सन्तुलित विकास गरी हाल भइरहेको बसाईंसराईलाई व्यवस्थित गर्नुपर्ने र अहिले भएको सरकारी बिदाको एक चौथाई बिदा कटौति गर्नुपर्ने माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालीको सम्पतीको सीमाङ्कन गर्ने र विदेशमा सम्पती राख्न नपाउने व्यवस्था गर्न जरुरी छ । किनभने अहिले पनि नेपालीहरुको विदेशमा सम्पती भएको बाहिर आएको छ । नेपालीलाई योग्यताअनुसारको काम र कामअनुसारको ज्याला पाउने बन्दोबस्त गर्नुपर्छ । देशको सन्तुलित विकास गरी हाल भइरहेको बसाईंसराईलाई व्यवस्थित गर्नुपर्छ । सरकारी बिदा धेरै भएको जनगुनासो छ, यसलाई एक चौथाई बिदा कटौति गर्नुपर्छ ।’

सांसद सुवालले प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च अधिकारी समेतले स्वयंसेवी भावनामा काम गर्नुपर्ने बताउनु भयो ।